Latest News
Kathmandu

कुमारी बैंकको १ नयाँ शाखा र १० एक्सटेन्सन काउण्टर सञ्चालन

कुमारी बैंकको १ नयाँ शाखा र १० एक्सटेन्सन काउण्टर सञ्चालन

काठमाडौं । कुमारी बैंक लिमिटेडले एक नयाँ शाखासहित दश वटा एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

यस बैंकले आफ्ना सञ्जाल विस्तार गर्ने क्रममा चन्द्रागिरी नगरपालिकामा गुर्जुधारा शाखा र दश उल्लेखित एक्सटेन्सन काउन्टरहरू सुचारु गरेको हो ।

यस बैंकले काठमाण्डौं महानगरपालिका १४ मा बल्खु एक्सटेन्सन काउण्टर, शंखारापुर नगरपालिका ९ मा ईन्द्रायणी एक्सटेन्सन काउण्टर, नागर्जुन नगरपालिका ३ मा गैरीगाँउ एक्सटेन्सन काउण्टर, टोखा नगरपालिका १ मा झोर एक्सटेन्सन काउण्टर र गोकर्णेश्वर नगरपालिका ९ मा आरुवारी एक्सटेन्सन काउण्टर सुचारु गरेको छ ।

यस्तै, मध्यपुर थिमी नगरपालिका ९ मा नेकोसेरा एक्सटेन्सन काउण्टर, काठमाण्डौं महानगरपालिका २३ मा जैसिदेवल एक्सटेन्सन काउण्टर, जनकपुरधाम उपमहानगरपालिका १२ मा आर.आर.एम. क्याम्पस एक्सटेन्सन काउण्टर, काठमाण्डौं महानगरपालिका ३ मा महाराजगंज एक्सटेन्सन काउण्टर, काठमाण्डौं महानगरपालिका १५ मा छाउनी एक्सटेन्सन काउण्टर सुचारु गरेको छ ।

विगत २१ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदैं आएको कुमारी बैंकले, आफ्ना देशभर रहेका १९९ शाखा संजाल, १९५
एटिएम, ३४ एक्सटेन्सन काउन्टर तथा ५३ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा
प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धतासमेत जनाएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्चमा रिट
पछिल्लो समाचार →
पूर्वआइजीपी सर्वेन्द्र खनाल एमालेमा प्रवेश

Leave a Comment

Your email address will not be published. Required fields are marked *