Latest News
Kathmandu

पूर्वआइजीपी सर्वेन्द्र खनाल एमालेमा प्रवेश

पूर्वआइजीपी सर्वेन्द्र खनाल एमालेमा प्रवेश

काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रमबीच उनलाइ एमाले प्रवेश गराएका हुन् ।

यसअघि खनालले ओलीलाई बुधबार बालकोटमा भेटेर कुरा गरेका थिए । भेटमा खनाललाई अध्यक्ष ओलीले पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिने समेत बताएका थिए । बारा, पर्सा र काठमाडौंमध्ये कुनै एक ठाउँबाट खनाललाई उम्मेदवार बनाउनसमेत ओली तयार भएको स्रोतको भनाई छ ।

महानिरीक्षक खानलले कार्यक्रममा एमालेको सदस्यता लिन पाउँदा हर्षविभोर भएको बताए । ‘एमाले पार्टीको सदस्यता लिन पाउँदा हर्षविभोर छु’, उनले भने । ओली प्रधानमन्त्री हुँदा खनाल आइजीपी थिए ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
कुमारी बैंकको १ नयाँ शाखा र १० एक्सटेन्सन काउण्टर सञ्चालन
पछिल्लो समाचार →
रुकुमपूर्व बस दुर्घटना अपडेट: ५ जनाको मृत्यु,१३ जना घाइते

Leave a Comment

Your email address will not be published. Required fields are marked *