Latest News
Kathmandu

रुकुमपूर्व बस दुर्घटना अपडेट: ५ जनाको मृत्यु,१३ जना घाइते

रुकुमपूर्व बस दुर्घटना अपडेट: ५ जनाको मृत्यु,१३ जना घाइते

कर्णाली । रुकुमपूर्वको भूमे गाउँपालिका–३ क्याङ्सी बगरमा भएको बस दुर्घटनामा घटनास्थलमै ५ जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट रुकुमकोट आउँदै गरेको ग१ख ९१०९ नम्बरको बस आज दुर्घटना हुँदा घटनास्थलमा पाँचको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए । उनले मृतकको सनाखत हुन बाँकी रहेको बताउदै घटनास्थलमा उद्धार कार्य भइरहेको बताए ।

उनका अनुसार घाइतेलाई हेलिकप्टरबाट उपचारका लागि लैजाने पहल भएको छ । नेपाली सेनाको नरसिङ दल गुल्म रुकुमपूर्वका सेनानी बाबुलाल जिसीले घाइतेको उपचारका लागि सुर्खेतबाट हेलिकप्टर ल्याउने तयारी भइरहेको जानकारी दिए।

बसमा सवार १७ मध्ये १३ जना घाइते भएका र तीनको अवस्था गम्भीर रहेको बताए । घाइते सबैको रुकुमपूर्व अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक डाँगीले जनाए ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
पूर्वआइजीपी सर्वेन्द्र खनाल एमालेमा प्रवेश
पछिल्लो समाचार →
बीर अस्पताल अगाडिको फार्मेसीमा चल्यो महानगरको डोजर

Leave a Comment

Your email address will not be published. Required fields are marked *