Latest News
Kathmandu

नेपाल कम्युनिस्ट पार्टीका नेता पेस्तोल र ग्रिनेडसहित पक्राउ

नेपाल कम्युनिस्ट पार्टीका नेता पेस्तोल र ग्रिनेडसहित पक्राउ

काठमाडौं । जाजरकोटमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का एक नेता पेस्तोल र ग्रिनेडसहित पक्राउ परेका छन् ।

नेकपा (बहुमत) जाजरकोट जिल्ला सम्मेलन आयोजक कमिटीका सदस्य इन्द्रबहादुर शाही (नवीन) पाँच राउन्ड गोली भएको पेस्तोल र प्लास्टिक हेन्ड ग्रिनेडसहित पक्राउ परेका हुन् ।

नेकपा (बहुमत) का जिल्ला इन्चार्ज धमिल र जिल्ला संयोजक महानले भने विज्ञप्ति प्रकाशित गरी योजनाबद्ध ढंगले हतियार भिराएर शाहीलाई गिरफ्तार गरिएको आरोप लगाएका छन् ।

जाजरकोटको नलगाड नगरपालिका-६ सिर्केबाट पक्राउ परेका शाहीको साथबाट २ एमएम नौ राउन्ड, मेड इन युएसए लेखेको पेस्तोल, एच.जी.लट ४ लेखिएको तयारी अवस्थामा रहेको प्लास्टिक हेण्ड ग्रिनेड बरामद भएको जाजरकोट प्रहरी प्रमुख डिएसपी सन्तोषकुमार निरौलाले जानकारी दिए ।

पक्राउ परेका नेता शाहीलाई विना सर्त रिहाइ गर्न नेकपा बहुमतले माग गरेको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
बीर अस्पताल अगाडिको फार्मेसीमा चल्यो महानगरको डोजर
पछिल्लो समाचार →
दार्चुला जिप दुर्घटना: एक जनाको मृत्यु, पाँच जना घाइते

Leave a Comment

Your email address will not be published. Required fields are marked *