Latest News
Kathmandu

खुलामञ्चमा गाडी पार्किङको व्यवस्था

खुलामञ्चमा गाडी पार्किङको व्यवस्था

काठमाडौं । काठमाडौंको न्युरोड जाने चारपाङ्ग्रे गाडीलाई आजदेखि फूलपातीसम्म खुलामञ्चमा पार्किङको व्यवस्था गरिएको छ ।

न्युरोड गेटबाट भित्र जाने यात्रुवाहक, मालवाहक तथा निजी गाडीलाई खुलामञ्चमा पार्किङको व्यवस्था गरिएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सूचना जारी गरेको हो ।

आजदेखि फूलपाती अर्थात आउँदो १६ गतेसम्म बिहान १० बजेदेखि बेलुकीसम्म नै गाडीको चाप हुने हुँदा ट्राफिक आइसलेन्ड राखिएको ठाउँबाट डाइभर्सन गरिएको छ ।

आइसलेन्ड राखिएको ठाउँबाट डाइभर्सन गरी खुलामञ्चमा पार्किङको व्यवस्था मिलाइएको सूचनामा उल्लेख छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
लौरो चिह्न स्वतन्त्रको भनेर प्रचार नगर्न निर्वाचन आयोगको निर्देशन
पछिल्लो समाचार →
नागरिकता विधेयकसम्बन्धी रिट हेर्न नभ्याइने सूचीमा

Leave a Comment

Your email address will not be published. Required fields are marked *