Latest News
Kathmandu

सरकारसँग १० बुँदे सहमपति डा. केसीले तोडे अनसन

सरकारसँग १० बुँदे सहमपति डा. केसीले तोडे अनसन

काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच १० बुँदे सहमति भएको छ । सरकारसँगको सहमतिपछि डा. केसीले १३ औं दिनमा अनशन तोडेका छन् ।

सहमतिपछि त्रिवि शिक्षण अस्पतालमा अनशनरत केसीले त्यहीँ उपचारत सरिता चौधरीको हातबाट जुस पिएर अनशन तोडेका हुन् । सरकारका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव गणेश पाण्डेय र अनशनरत पक्षबाट डा. केसीले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

सरकारी अस्पतालको स्वास्थ्य सेवा सुधार गर्न हाल कायम रहेको चिकित्सकको दरबन्दी थप गर्न सरकार तयार भएको छ । त्यसका लागि ५०० शय्याका अस्पतालहरुको संगठन तथा व्यवस्थपन सर्वेक्षणको काम सम्पन्न गरी शीघ्र स्वीकृतिको प्रक्रियामा लैजाने सहमति भएको छ ।

त्यस्तै सबै सरकारी अस्पतालमा आकस्मिक सेवा निशुल्क गर्न सरकार तयार भएको छ । डा. केसीसँग भएको सहमति सरकारले अब बस्ने मन्त्रिपरिषद बैठकमा पेश गर्नेछ । अनशन तोड्दै डा‍. केसीले सहमति सात दिनभित्र कार्यान्वयन नभए फेरि अनशन बस्ने चेतावनी दिएका छन् ।

डा. केसीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्तिको बिषयमा सरकारले कुनै निर्णय नगरेको भन्दै आपत्ति जनाएका छन् । त्यस बिषयमा संघर्ष अझै जारी रहने बताएका छन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
कवि भुपाल राईको कृति ‘यारी’ लोकार्पण
पछिल्लो समाचार →
झापामा ९ जना पक्राउ

Leave a Comment

Your email address will not be published. Required fields are marked *