Latest News
Kathmandu

झापामा ९ जना पक्राउ

झापामा ९ जना पक्राउ

काठमाडौं । झापामा एक व्यक्तिको हत्या आरोपमा गरेको छ । झापाको दमक नगरपालिका ३ बेलडाँगीका ४४ बर्षीय एलबी भन्ने लालबहादुर गुरुङको इलामको चुलाचुली गाउँपालिका ५ पकुवामा हत्या भएको थियो ।

प्रहरीका अनुसार उनको हत्या आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको हो । बुधबार साँझ ५ बजे १०,१२ जना अपरिचित व्यक्तिहरुले बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर बस्ने गुरुङलाई दमक र चुलाचुली जोड्ने रतुवा खोलाको झोलुङ्गे पुलनजिक खुकुरी, ढुंगाले प्रहार गरी हत्या गरेका थिए ।

शरीरका विभिन्न भागमा काटी गम्भीर घाइते बनाई उनीहरु घटनास्थलबाट फरार भएका थिए। घाइते गुरुङको बिएण्डसि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको थियो।

जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी उपरिक्षक दिलिप घिमिरेको कमान्डमा परिचालन भएको प्रहरी टोलीले घटनामा संलग्न व्यक्तिहरुको खोजतलास गर्ने क्रममा ९ जनालाई पक्राउ गरेको हो ।

चुलाचुली ४ इलामका २५ बर्षीय शिब हिङहाङ भन्ने नरेन्द्र दर्जी, २९ वर्षीय झ्याम्ले भन्ने नरेशकुमार याखा, २१ वर्षीय अभिषेक केरुङ, २० वर्षीय सेसे भन्ने सेसेयाङ याखा, ३३ वर्षीय सन्तु भन्ने चन्द्रकुमार यवा, ३५ वर्षीय डम्बर यवा, ३० वर्षीय टीका भन्ने नरेन्द्र तुम्रोक, २६ वर्षीय विक्रम हिङमाङ र २९ वर्षीय पर्शु राई समेत ९ जनालाई विभिन्न स्थानमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो ।

प्रहरीले उनीहरुलाई घटनामा प्रयोग भएको दापसहितको खुकुरी, मृतकलाई हिर्काउन प्रयोग गरेको ढुङ्गा तथा लालबहादुर गुरुङले प्रयोग गरेको को १९ प ३७२५ नम्वरको मोटरसाईकलका दुवै चक्काको टायर काटी फालेको अवस्थामा बरामद गरेको छ ।

घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा घटना भएको ३ दिनअगाडि गुरुङले घटनामा संलग्न टीका भन्ने नरेन्द्र तुम्रोकका भाइ सुजन तुम्रोकलाई कुटपिट गरेको र त्यसैको बदला लिन गुरुङको हत्या गरको खुल्न आएको प्रहरीको भनाई छ । घटनामा संलग्न अन्य व्यक्तिको खोजतलास तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
सरकारसँग १० बुँदे सहमपति डा. केसीले तोडे अनसन
पछिल्लो समाचार →
निर्वाचन आचारसंहिताबारे आज दलहरूसँग आयोगको छलफल

Leave a Comment

Your email address will not be published. Required fields are marked *