Latest News
Kathmandu

निर्वाचन आचारसंहिताबारे आज दलहरूसँग आयोगको छलफल

निर्वाचन आचारसंहिताबारे आज दलहरूसँग आयोगको छलफल

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग आज छलफल गर्दैछ । आयोगले संघीय संसद् तथा प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग चुनाव लक्षित छलफल गर्न लागेको जनाएको छ ।

निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यन्वयन सम्बन्धमा दलहरूसँग अन्तरक्रिया गरिने बताए । छलफलमा प्रधानमन्त्री, गृहमन्त्रीसहित १२ राजनीतिक दलका प्रमुख र पदाधिकारीलाई निमन्त्रणा गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए ।

आयोगले केही दिनभित्रै निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ । त्यसअघि दलहरूको प्रतिवद्धता लिन आयोगले छलफल गर्न लागेको हो ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
झापामा ९ जना पक्राउ
पछिल्लो समाचार →
बङ्गलादेशको फुटबल टोली नेपालमा

Leave a Comment

Your email address will not be published. Required fields are marked *