Latest News
Kathmandu

सुदूरपश्चिम प्रदेशमा माघ २ गते सार्वजनिक विदा

सुदूरपश्चिम प्रदेशमा माघ २ गते सार्वजनिक विदा

३० पुस, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले माघ २ गते सार्वजनिक विदा दिएको छ । माघी पर्वको अवसरमा भन्दै प्रदेश सरकारले सुदूरपश्चिममा थप एक दिनका लागि सार्वजनिक विदा दिएको जनाएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी लक्ष्मी जोशीले माघी पर्वका लागि प्रदेश सरकारका तर्फबाट आइतबार थप एक दिन विदा दिइएको जानकारी दिए । उनकाअनुसार माघ १ गते संघीय सरकारले नै विदा दिने गरेकाले प्रदेश सरकारले थप एक दिन विदा दिँदै आएको छ ।

सुदूरपश्चिममा पहाडी समुदायले माघ १ गतेलाई मकर संक्रान्ति पर्व(नरहरी) र तराईमा बसोबास गर्ने थारु समुदायले माघी पर्व मनाउने गरेका छन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
रिसइबीपछि मुफ्तारको हत्या, पाँच जना पक्राउ
पछिल्लो समाचार →
अन्तःशुल्क स्टिकर नेपालमै छाप्न अर्थमन्त्रीको निर्देशन

Leave a Comment

Your email address will not be published. Required fields are marked *