Latest News
Kathmandu

कलंकीमा बसले मोटरसाइकललाई ठक्कर दियो, एक जनाको मृत्यु, एकजना घाइते

कलंकीमा बसले मोटरसाइकललाई ठक्कर दियो, एक जनाको मृत्यु, एकजना घाइते

२ माघ, काठमाडौं । काठमाडौंको कलंकीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मोटरसाइकल चालक भने घाइते छन् ।

मृत्यु हुनेमा रुकुमपूर्व घर भई काठमाडौंको मनमैजु बस्ने २१ वर्षीय संगीत बुढामगर रहेका छन् । बसको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा हिजो बेलुकी पौने ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्वयम्भूतर्फ जाँदै गरेको बा ६ ख १४५९ नम्बरको बसले बागमती प्रदेश ०२–०२८ प ७६१४ नम्बरको मोटरसाइकललाई हिजो बेलुकी सवा ७ बजे कलंकीमा ठक्कर दिएको थियो ।

सो दुर्घटनामा मोटरसाइकल चालक रुकुमपूर्व घर भई काठमाडौंको बसन्तपुर बस्ने २३ वर्षीय विवित बुढामगर घाइते भएका छन् । उनको उपचार पनि कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा भइरहेको छ ।

बस चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
आजदेखि बुस्टर डोज, को-कोले पाउँछन् ?
पछिल्लो समाचार →
एनआरएनएको विवाद मिलाउन शेष घलेको संयोजकत्वमा उच्चस्तरीय समिति गठन

Leave a Comment

Your email address will not be published. Required fields are marked *