Latest News
Kathmandu

एनआरएनएको विवाद मिलाउन शेष घलेको संयोजकत्वमा उच्चस्तरीय समिति गठन

एनआरएनएको विवाद मिलाउन शेष घलेको संयोजकत्वमा उच्चस्तरीय समिति गठन

२ माघ, बार्सिलोना । गैरआवासीय नेपाली संघ एनआरएनले निर्वाचन कार्यक्रम अघि बढाउन संघका प्रमुख संरक्षक शेष घलेको संयोजकत्वमा ७ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ।

संघको दशौँ महाधिवेशन तथा आईसीसी निर्वाचन सम्बन्धी सबै समस्याहरूको विधान सम्मत निस्पक्ष ढंगले समाधान गर्ने भन्दै आईसीसीको शनिबार सम्पन्न ८१औँ बैठकले समिति गठन गर्ने निर्णय गरेको हो।

उच्चस्तरीय समितिका सदस्यहरूमा संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, संरक्षकहरू देवमान हिराचन, जीवा लामिछाने, भवन भट्ट, रामप्रताप थापा र वर्तमान अध्यक्ष कुमार पन्त रहेका छन्।

२८ फेब्रुअरीसम्ममा संघको दशौँ महाधिवेशन तथा निस्पक्ष चुनाव सम्पन्न गर्न समितिले महाधिवेशन प्रतिनिधिहरूको अन्तिम नामावली संघको विधान र नियमावलीअन्तर्गत रहेर २६ जनवरीसम्म अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्षमार्फत निर्वाचन समितिलाई उपलब्ध गराउने सहमति भएको छ।

उच्चस्तरीय समितिले आवश्यक परेको खण्डमा कानूनी, आइटीलगायतका विशेषज्ञहरू रहेको स्वतन्त्र समितिहरू गठन गर्न अघिकार पाएको छ। संघका कार्यकारी निर्देशक तथा एनआरएनए सचिवालयले समेत उक्त समितिलाई सघाउने निर्णय भएपछि एनआरएनभित्र  ‘ब्रेकथ्रु ‘ हुने संकेत देखिएको छ।

गत अक्टोबरमा नै हुनुपर्ने संघको दशौं महाधिवेशन तथा निर्वाचन महाधिवेशन प्रतिनिधि चयनको विवादका कारण नै पटक पटक रोकिंदै आएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
कलंकीमा बसले मोटरसाइकललाई ठक्कर दियो, एक जनाको मृत्यु, एकजना घाइते
पछिल्लो समाचार →
प्रदेश २ को प्रदेश सभा बैठक बस्दै, नाम र राजधानीसम्बन्धी प्रतिवेदन प्रस्तुत हुने

Leave a Comment

Your email address will not be published. Required fields are marked *