Latest News
Kathmandu

आँधिखोला लघुवित्तको अध्यक्षमा केसी दोहोरिए

आँधिखोला लघुवित्तको अध्यक्षमा केसी दोहोरिए

२ माघ, काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा नरेश केसी दोहोरिएका छन् । शुक्रबार सम्पन्न संस्थाको साधारणसभाबाट सञ्चालक निर्वाचित केसी पुनः अध्यक्षमा चयन भएका हुन् ।

सभाले लेखा परीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७-७८ को वासलत, नाफा नोक्सानको हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरू उपर छलफल गरी पारित गरिएको प्रमुख कार्यकारी अधिकृत डोलराज के.सीले बताए ।

सभाले राष्ट्र बैंकको स्वीकृत बमोजिम २० प्रतिशत बोनस शेयर स्वीकृत गरेको छ । सभाबाट संस्थापक समूहको प्रतिनिधित्व गर्दै नरेश के.सीसहित श्यामविक्रम खाँड र सावित्रा दवाडी पौडेल निर्वाचित भएको कम्पनी सचिव बाबुराम कुँवरले बताएका छन् । सभापछिको वैठकले पुनः नरेश के.सीलाई अध्यक्षमा चयन गरेको जनाइएको छ ।

साधारण सभाको उद्घाटन संचालक समितिका अध्यक्ष नरेश केसीले गरेका थिए । स्वागत मन्तव्य संचालक दिपेन थापाले गरेका थिए भने धन्यवाद ज्ञापन संचालक केहर सिंह के.सीले गरेका थिए । कार्यक्रमको संचालन कम्पनी सचिव बाबुराम कुँवरले गरेका थिए ।

संस्थाले हाल ११ जिल्लामा १९ कार्यालयमार्फत २ प्रदेशमा सेवा संचालन गर्दै आएको र हालै बाग्लुङमा केन्द्रीय कार्यालय रहेको धौलागिरि लघुवित्त वित्तीय संस्थासंग गरेको मर्जर प्रकि्रया तोडिएको प्रमुख कार्यकारी अधिकृत डोलराज केसीले बताएका छन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
बतासले भाडामा लिएको धर्मशाला निरीक्षण गर्दै मन्त्री आले
पछिल्लो समाचार →
नेप्से परिसूचक २९ सय अंक माथि

Leave a Comment

Your email address will not be published. Required fields are marked *