Latest News
Kathmandu

बुटवलमा सडक किनारको खाल्डोमा एक युवक मृत फेला

बुटवलमा सडक किनारको खाल्डोमा एक युवक मृत फेला

२ माघ, बुटवल । रुपन्देहीको बुटवलमा एक युवक सडक किनारको खाल्डोमा मृत फेला परेका छन् ।

गुल्मी स्थायी घर भई हाल बुटवलमा बस्दै आएका शोभाखर पन्थ आज बिहान मृत फेला परेका इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । पन्थ कलाकारिताको क्षेत्रमा काम गर्दै आएका थिए ।

उनीसँगै लु ७० प १३५३ नम्बरको मोटरसाइकल पनि दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । बुटवलको योगीकुटीबाट पश्चिमतर्फ जाँदै गर्दा पन्थ गएराति दुर्घटनामा परेर खाल्डोमा खसेको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

उनलाई आइतबार बिहान मात्रै स्थानीयले खाल्डोमै मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
नेप्से परिसूचक २९ सय अंक माथि
पछिल्लो समाचार →
स्थगित भएको पुलिस र प्रदेश १ को खेल सोमबार हुने

Leave a Comment

Your email address will not be published. Required fields are marked *