Latest News
Kathmandu

च्यासलका १९ खेलाडीलाई कोरोना संक्रमण, पुलिससँगको खेल स्थगित

च्यासलका १९ खेलाडीलाई कोरोना संक्रमण, पुलिससँगको खेल स्थगित

२ माघ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबार तय भएको नेपाल पुलिस क्लब र च्यासल युथ क्लब बीचको खेल स्थगित भएको छ ।

च्यासल युथ क्लबका १९ खेलाडीलाई कोरोना संक्रमण भएपछि उक्त खेल स्थगित गरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

च्यासलले आफ्नो १९ खेलाडीलाई कोरोना संक्रमण देखिएपछि पुलिस विरुद्ध खेल स्थगित गर्न एन्फासँग प्रस्ताव गरेको र त्यसपछि एन्फा लिग कमिटीले मेडिकलक कमिटीसँग सल्लाह लिएर खेल स्थगित गर्ने निर्णय गरेको हो ।

अब उक्त खेलको नयाँ मिति तोकिने एन्फाले जनाएको छ ।

लिग अन्तर्गत नवौं चरणको अन्तिम खेल जावालखेल युथ क्लब र एनआरटीबीच भने सोमबार पूर्वनिर्धारित तालिका अनुसार नै खेल हुने एन्फाले जनाएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
रेल्वेमा कर्मचारी भर्नाविरुद्ध आन्दोलन गर्न मन्त्रीको आग्रह
पछिल्लो समाचार →
सुदर्शनसँग सम्बन्ध बिग्रिएको अड्कलबाजीबीच पूजाले दिन खोजेको संकेत

Leave a Comment

Your email address will not be published. Required fields are marked *