Latest News
Kathmandu

सुदर्शनसँग सम्बन्ध बिग्रिएको अड्कलबाजीबीच पूजाले दिन खोजेको संकेत

सुदर्शनसँग सम्बन्ध बिग्रिएको अड्कलबाजीबीच पूजाले दिन खोजेको संकेत

२ माघ, काठमाडौं । अभिनेत्री पूजा शर्मा र निर्देशक सुदर्शन थापाले चलचित्र ‘मधुमास’देखि नै सहकार्य गर्दै आएका छन् । उनीहरुको सहकार्य ‘चंखे शंखे पंखे, प्रेमगीत, म यस्तो गीत गाउँछु, रामकहानी र म यस्तो गीत गाउँछु २’सम्म निरन्तर छ ।

तर, पछिल्लो समय सुदर्शन र पूजाबीच सम्बन्धमा खटपट आएको चर्चा छ । अब उनीहरुले एकसाथ काम गर्लान् कि नगर्लान् भन्ने अड्कलबाजी चलिरहेको समयमा पूजाको एउटा स्टाटसले भने यी सबै कुरालाई खण्डन गरेको छ ।

पूजा, सुदर्शन र अभिनेता पल शाहले चलचित्र ‘म यस्तो गीत गाउँछु २’को प्रमोसनल गीतको छायांकन चितवनको माडी पुगेर गरेका छन् । भिडियोको छायांकनपछि एक तस्वीर सार्वजनिक गर्दै पूजाले आफू यही टिमकै कारण आज यो अवस्थामा पुगेको र आफूहरुको टिम कहिले पनि नछुट्ने उल्लेख गरेकी छन् । पूजाले सुदर्शन र पलसँगको तस्वीर शेयर गरेकी छन् ।

माघ १९ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ तोकिएको मितिमा रिलिज नहुने पक्का छ । निर्माणपक्ष नयाँ मिति तोक्ने तयारीमा रहेको बुझिएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
च्यासलका १९ खेलाडीलाई कोरोना संक्रमण, पुलिससँगको खेल स्थगित
पछिल्लो समाचार →
लोकतन्त्रको उपहार : द्वन्द्वपीडितलाई आँशु र पीडा

Leave a Comment

Your email address will not be published. Required fields are marked *