Latest News
Kathmandu

रियलले जित्यो सुपर कप उपाधि

रियलले जित्यो सुपर कप उपाधि

३ माघ, काठमाडौं । रियल मड्रिडले एथ्लेटिक विल्वाओलाई २-० ले पराजित गर्दै सुपर कपको उपाधि जितेको छ ।

आइतबार राति भएको फाइनलमा रियललाई जित दिलाउन लुका मोड्रिच र करिम बेन्जिमाले गोल गरे ।

रियलले १२औं पटक सुपर कपको उपाधि जितेको हो । बार्सिलोनाले सर्वाधिक १३ पटक यो उपाधि जितेको छ ।

साउदी अरेबियाको रियादस्थित किङ फायद स्टेडियममा भएको खेलको ३८औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ५२ औं मिनेटमा बेन्जिमाले पेनाल्टीमा गोल गर्दै रियललाई च्याम्पियन बनाए ।

खेलको ८७ औं मिनेटमा इडर मिलिटाओले रातो कार्ड पाएपछि रियल १० खेलाडीमा समेटिएको थियो ।

८९औं मिनेटमा विल्वाओका राउल गार्सियाले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार रियलका गोलकिपर थिबाउट कोर्तुवाले रोके ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
‘कोभिड खोप दिन सिरिन्ज अभाव छ’
पछिल्लो समाचार →
‘कलरवाली’ नामले चर्चित बघिनीको मृत्यु

Leave a Comment

Your email address will not be published. Required fields are marked *