युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

३ माघ, काठमाडौं । रियल मड्रिडले एथ्लेटिक विल्वाओलाई २-० ले पराजित गर्दै सुपर कपको उपाधि जितेको छ ।

आइतबार राति भएको फाइनलमा रियललाई जित दिलाउन लुका मोड्रिच र करिम बेन्जिमाले गोल गरे ।

रियलले १२औं पटक सुपर कपको उपाधि जितेको हो । बार्सिलोनाले सर्वाधिक १३ पटक यो उपाधि जितेको छ ।

साउदी अरेबियाको रियादस्थित किङ फायद स्टेडियममा भएको खेलको ३८औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ५२ औं मिनेटमा बेन्जिमाले पेनाल्टीमा गोल गर्दै रियललाई च्याम्पियन बनाए ।

खेलको ८७ औं मिनेटमा इडर मिलिटाओले रातो कार्ड पाएपछि रियल १० खेलाडीमा समेटिएको थियो ।

८९औं मिनेटमा विल्वाओका राउल गार्सियाले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार रियलका गोलकिपर थिबाउट कोर्तुवाले रोके ।

प्रतिक्रिया

सम्बन्धित ख