Latest News
Kathmandu

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या तत्काललाई टर्‍यो : मन्त्री खतिवडा

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या तत्काललाई टर्‍यो : मन्त्री खतिवडा

३ माघ, विराटनगर  । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या तत्काललाई टरेको बताएका छन् ।

समाजवादी प्रेस संगठन मोरङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले तत्कालका लागि बीपीको समस्या टरेको बताएका हुन् ।

बीपीको काम कारबाही गर्नका लागि पाँच सदस्यीय टोली गठन गरेर धरान पठाएको बताउँदै उनले तत्काललाई समस्या टरेको बताए । उनका अनुसार वर्तमान पदाधिकारीलाई काम गर्न रोक लगाइएको छ ।

शनिबार बसेको क्याबिनेट बैठकले निर्णय गरेर श्यामसुन्दर यादवको नेतृत्वमा काम गर्नका लागि टोली पठाइएको बताए ।मन्त्रालयको टोलीले काम थालेपछि वर्तमान पदाधिकारीले छानबिन नसकिएसम्म काम गर्न नपाउने बताए ।

सोचे अनुसार नागरिक खोप लगाउन आएनन्

पत्रकार सम्मेलनमा उनले खोप लगाउन सोचे अनुसार नागरिकहरू नआएको बताए । खोप लगाउन जनता नआएपछि सातै प्रदेशमा खोप अभियान सञ्चालन गरेको उनको भनाइ छ । खोपका लागि गाउँ टोलमा टोली खटिने उनले बताए ।

८० प्रतिशतलाई पहिलो डोज र करीब ६० प्रतिशतलाई पूर्णमात्रा खोप लगाएको उनले बताए । पहिलो र दोस्रो डोज लगाएपछि नागरिकलाई बुस्टर डोज दिइने उनले बताए ।

दुवै डोज खोप लगाएकाहरूलाई कोरोनाले असर कम गर्ने भएकाले खोप लगाउन उनले आग्रह गरे । कोरोना रोकथामका लागि सरकारले पर्याप्त पूर्वतयारी गरेको बताए ।

उनले सरकारी अस्पतालमा संक्रमितको उपचारका लागि व्यवस्था गरेकाले निजी अस्पताललाई पनि तयार रहन आग्रह गरिएको बताए ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
‘कलरवाली’ नामले चर्चित बघिनीको मृत्यु
पछिल्लो समाचार →
पर्यटनमन्त्री प्रेम आलेलाई कोरोना संक्रमण

Leave a Comment

Your email address will not be published. Required fields are marked *