Latest News
Kathmandu

पर्यटनमन्त्री प्रेम आलेलाई कोरोना संक्रमण

पर्यटनमन्त्री प्रेम आलेलाई कोरोना संक्रमण

३ माघ, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण भएको छ । मन्त्री आलेलाई कोरोना संक्रमण भएको उनको सचिवालयले जानकारी दिएको हो ।

मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि कोरोना संक्रमण भएको छ । उनले आफू र पर्यटनमन्त्रीलाई कोरोना भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । ‘माननीय मन्त्री ज्यू र मलाइ कोरोना भाइरसले संक्रमण गरेकोले मन्त्रालयका कार्यक्रम र नियमित भेटघाट सबै स्थगित गरेको कुरा अवगत गराउन चाहन्छु,’ उनले भनेका छन्, ‘हामी दुबैलाई सामान्य लक्षण मात्र देखिएको छ । अरू स्वास्थ्य अवस्था सामान्य रहेको छ ।’

मन्त्री आलेको सचिवालयले केही दिनयता आफूहरूको सम्पर्कमा आएका सबै जनालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या तत्काललाई टर्‍यो : मन्त्री खतिवडा
पछिल्लो समाचार →
काठमाडौंका यी १७ ठाउँमा लगाउन पाइन्छ बुस्टर डोज

Leave a Comment

Your email address will not be published. Required fields are marked *