Latest News
Kathmandu

१६ देशका पर्यटन व्यवसायीको सहभागितामा काठमाडौँमाअन्तर्राष्ट्रिय पर्यटन मेला हुदैँ 

१६ देशका पर्यटन व्यवसायीको सहभागितामा काठमाडौँमाअन्तर्राष्ट्रिय पर्यटन मेला हुदैँ 

काठमाडौँ अन्तर्राष्ट्रियस्तरमा देशको पर्यटन प्रवर्द्धन गर्न शुक्रबारदेखि यहाँ १६ देशका पर्यटन व्यवसायीको सहभागितामा अन्तर्राष्ट्रिय पर्यटन मेला हुँदैछ । ‘समिट इभेन्ट एण्ड मार्केट’को आयोजनामा हुन लागेको मेलामा १६ देशका एक सय ५० भन्दा बढी व्यवसायीका ‘स्टल’ रहने उक्त संस्थाका सञ्चालक विष्णु पाण्डेले बताए ।

“मेलाको माध्यमबाट मुलुकको दिगो पर्यटन विकास र संस्कृति आदानप्रदानमा सहयोग पुग्ने विश्वास हामीले लिएका छौँ”, उनले भने । मेलामा नेपालसहित भारत, कोरिया, ताइवान, सिङ्गापुर, माल्दिभ्स, अमेरिका, नेदरल्याण्ड्स, श्रीलङ्का, चीन, थाइल्याण्ड, दुबई, बङ्गलादेश, भियतनाम, मलेसिया, भुटान सहभागी हुनेछन् ।

यसैगरी मेलामा सातवटै प्रदेशका स्टल पनि राखिने छ । स्थानीय भृकुटीमण्डपमा आयोजना हुने मेलामा नेपाल पर्यटन बोर्ड र काठमाडौँ महानगरपालिकाले सहयोग गरेका सञ्चालक पाण्डेले बताए ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
सुन चादिको मुल्य बढ्यो
पछिल्लो समाचार →
सामसङले नवीनतम टिभीहरूमा ३८% सम्मको छुट प्रदान गर्ने

Leave a Comment

Your email address will not be published. Required fields are marked *