Latest News
Kathmandu

आज कालिमाटीमा कति छ तरकारी तथा फलफूलको भाउ ? 

आज कालिमाटीमा कति छ तरकारी तथा फलफूलको भाउ ? 

काठमाडौँ आज (शुक्रबार)को लागि तरकारी तथा फलफूलको मुल्य तोकेको छ । जस अनुसार आज काउली र बोडीसँगै लोकल काक्रोसम्मको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्रकाशित गरेको मूल्य सूची अनुसार आज स्थानीय काउलीको भाउ प्रतिकेजी ६५ रुपैयाँ रहेकोमा आज घटेर ५६ रुपैयाँमा झरेको छ ।

त्यस्तै, तने बोडी प्रतिकेजी ११० रुपैयाँ रहेकोमा आज घटेर ८६ रुपैयाँ कायम भएको छ भने मकै बोडी ९६ रुपैयाँ ६७ पैसा रहेकोमा आज घटेर ८६ रुपैयाँ कायम भएको छ ।

यसैगरी आज लोकल काक्रो प्रतिकेजी ३९ रुपैयाँले घटेको देखिन्छ । यसअघि प्रतिकेजी ८५ रुपैयाँ रहेको लोकल काक्रोलाई आज ४६ रुपैयाँ पर्नेछ । त्यस्तै, आल ठुलो नेपाली गोलभेडा प्रतिकेजी ४३ रुपैयाँ ३३ पैसा, ठुलो गोलभेडा (भारतीय), झिगुनी र रातो बन्दा प्रतिकेजी ६५ रुपैयाँ, सानो लोकल गोलभेडा १८ रुपैयाँ ४० पैसा, टनेल गोलभेडा २९ रुपैयाँ, रातो आलु ५१ रुपैयाँ ८० पैसा, रातो आलु (भारतीय) ४७ रुपैयाँ, मुडेको रातो आलु ४९ रुपैयाँ २५ पैसा, सुकेको प्याज ८३ रुपैयाँ, स्थानीय ज्यापु काउली र लोकल गाजर ७६ रुपैयाँ र लाम्चो भन्टा ३५ रुपैयाँ तोकिएको छ  ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
विदेशि मुद्राको विनिमय दर, कुन देशको कति ?
पछिल्लो समाचार →
विश्व बैङ्कको सहयोगमा बुल्दीखोला–कलेस्ती डक जोडिने सडक कालापत्रे हुदैँ

Leave a Comment

Your email address will not be published. Required fields are marked *