Latest News
Kathmandu

प्रूडेन्सियल क्यापिटलको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

प्रूडेन्सियल क्यापिटलको  २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौँ प्रूडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीले २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले कुमारी बैंक लिमिटेडको नाममा रहेको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले संस्थापक समूहतर्फको उक्त सेयर सेयर गोप्य शिलबन्दी बोलपत्रद्वारा बिक्री गर्ने भएको हो । उक्त सेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आषाढ ७ गते कार्यालय समयभित्र बिक्री प्रबन्धक एन आई सी एशिया क्यापिटल लिमिटेड, चौथो तल्ला, ट्रेड टावर नेपाल, थापाथली – ११, काठमाडौंमा पुग्ने गरी आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताले सेयर बोलकबोलको लागि न्यूनतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् भने अधिकतममा सम्पूर्ण कित्ता खरिद गर्न सकिने छ । सेयर खरिदको लागि न्यूनतम मूल्य १ सय रुपैयाँ तोकिएको छ । सबैभन्दा बढी मूल्यमा बोलकबोल गर्ने आवेदकलाई सेयर बिक्री गरिनेछ । यसबाट पनि सेयर बाँकी रहेमा त्यस पछिको बढी बोलकबोल गर्नेलाई बिक्री गरिनेछ । बोलकबोलमा सेयर बिक्री गर्दै जाँदा अन्तिम मुल्यमा दुई वा दुई भन्दा बढी आवेदकहरु पर्न गएमा बोलकबोलबाट बाँकी भएको सेयरहरु माग भएको सेयर संख्याको सापेक्षिक भार अनुसार दामासाहीले बाँडफाँड गरिनेछ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
नेपालगन्जमा पर्यटन प्रवर्द्धनका लागि बजेट नदिएको भन्दै सांसद राणाको आक्रोश
पछिल्लो समाचार →
राष्ट्रिय परिचयपत्र कार्यान्वयनलाई सरकारले गेम चेञ्जिङ प्रोजेक्टका रूपमा लिएको छ : गृहमन्त्री

Leave a Comment

Your email address will not be published. Required fields are marked *