Latest News
Kathmandu

केकी भन्छिन्- कोरोनाले हाम्रो पुस्तालाई धेरै असर पुर्‍यायो

केकी भन्छिन्- कोरोनाले हाम्रो पुस्तालाई धेरै असर पुर्‍यायो

३ माघ, काठमाडौं । अभिनेत्री केकी अधिकारीले कोरोना महामारीले आफूहरुको पुस्तालाई ठूलो क्षति पुर्‍याएको बताएकी छन् । सञ्चारकर्मीसँगको कुराकानीमा उनले कोरोना महामारीबाट प्रभावित बनेको दुई वर्षको अवधिमा सबैभन्दा बढी आफ्नो पुस्ता पीडित बनेको बताइन् ।

‘मलाई कोरोनाका कारण हाम्रो जेनेरेसनलाई सबैभन्दा बढी घाटा लागेको छ जस्तो लाग्छ । किनकि, हामीपछि पनि तीनवटा जेनेरेसन आइसकेको छ,’ उनले भनिन्, ‘अब वर्षमा कतिवटा चलचित्र बन्लान् र त्यसमा हामी कति अटाउँछौं भन्ने प्रश्न छ ।’ केकीले अहिले आफू अरु चलचित्रलाई पर्खिने कि आफैं निर्माण गर्ने भन्नेमा दोधारमा रहेको बताइन् ।

केकीले भर्खरै चलचित्र ‘बोक्सीको घर’को छायांकन सकाएकी छन् । यो चलचित्र सस्पेन्स थ्रिलर जनरामा बनेको छ ।

केकीले चलचित्रमा अभिनय गरेको एक दशक भइसकेको छ । यस अवधिमा उनका केही चलचित्र मात्र हिट सावित भएका छन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
अहिले लाइसेन्सको फारम भर्दा तीन वर्षपछि परीक्षा
पछिल्लो समाचार →
यी हुन् सर्वाधिक कमाउने टपटेन युट्युबर, वर्षदिनमा कमाए साढे ३५ अर्ब रुपैयाँ

Leave a Comment

Your email address will not be published. Required fields are marked *