Latest News
Kathmandu

यी हुन् सर्वाधिक कमाउने टपटेन युट्युबर, वर्षदिनमा कमाए साढे ३५ अर्ब रुपैयाँ

यी हुन् सर्वाधिक कमाउने टपटेन युट्युबर, वर्षदिनमा कमाए साढे ३५ अर्ब रुपैयाँ

फोर्ब्स पत्रिकाले बितेको वर्ष सन् २०२१ मा युट्युबबाट सर्वाधिक रकम आर्जन गर्ने युट्युबर (कन्टेन्ट क्रिएटर्स) को सूची सार्वजनिक गरेको छ ।

जस अनुसार सन् २०२१ मा सर्वाधिक कमाउनेमा अमेरिकी युट्युबर मिस्टर बिस्ट (MrBeast) रहेका छन् । मिस्टर बिस्टको नामले चिनिने २३ वर्षका जिम्मी डोनाल्डसनले युट्युबबाट गत वर्ष ५ करोड ४० लाख डलर अर्थात् झण्डै साढे ६ अर्ब रुपैयाँ आर्जन गरेका छन् ।

गतवर्ष उनले आफ्नो युट्युब च्यानलमा अपलोड गरेका भिडियोहरूमा कुल १० अर्ब भ्यूज गएको छ ।
यसअघि लगातार दुईवर्षसम्म युट्युबबाट सर्वाधिक कमाउने व्यक्तिको रुपमा रहेका १० वर्षीय बालक रायन काजीलाई यसपटक मिस्टर बिस्टले पछि पारेका हुन् ।

बालबालिकाका खेलौनाको समीक्षा गर्ने युट्युब च्यानलका मालिक रायन काजी सन् २०१९ र २०२० मा सर्वाधिक कमाउने युट्युबर थिए ।

फोर्ब्सका अनुसार सन् २०२१ मा युट्युबमा सबैभन्दा धेरै कमाउने शीर्ष १० युट्युबरहरूले कुल ३० करोड डलर कमाएका छन् ।

सन् २०२१ मा सर्वाधिक कमाउने युट्युबरको सूचीमा दोस्रो स्थानमा जेक पाउल छन् । उनका भाइ लोगान पनि टपटेनमा पर्न सफल भएका छन् ।

त्यस्तै अनस्पिकेबल भनेर चिनिने माइनक्राफ्ट प्लेयर नाथन ग्राहम सर्वाधिक कमाउने युट्युबरको सूचीमा पाँचौ नम्बरमा पर्न सफल भएका छन् । उनी पहिलोपटक टपटेनमा परेका हुन् ।

युट्युब ट्रेण्ड विश्लेषक क्रिस स्टोकेल वाल्करका अनुसार यो पटक युट्युबमा सर्वाधिक कमाउने शीर्ष १० युट्युबरमा सबै गोरा तथा पुरुषहरूले कब्जा जमाएका छन् ।

रिपोर्ट अनुसार सन् २०२१ मा विश्वमा युट्युबमा प्रयोगकर्ता २ अर्ब ३० करोड पुगेका छन् । युट्युबमा हरेक दिन एक अर्ब घण्टा भिडियो हेरिने गरेको अध्ययनले देखाएको छ । सन् २०२१ मा सर्वाधिक कमाउने १० युट्युबरको सूची यस्तो छ :

१ : MrBeast : आफ्ना दर्शकलाई रोमाञ्चित पार्नका लागि स्टन्ट र प्रान्क देखाउने युट्युबर । उनको युट्युब च्यानलमा गत वर्ष ८० हजार सिट क्षमताको रंगशालामा लुकामारी खेल्ने, जमिनमुनि पुरिने, नेटफिलिक्सको स्विड गेमलाई आफ्नो हिसाबले देखाउनेलगायतका चर्चित भिडियो अपलोड भएका थिए । उनको आम्दानी पाँच करोड ४० लाख डलर भएको छ ।

२. जेक पाउल : अमेरिकी व्यवसायिक बक्सर तथा सोसल मिडिया सेलिब्रेटी । उनको युट्युब च्यानलमा अपलोड भएका हाइ प्रोफाइल बक्सिङ भिडन्तहरूका कारण उनले सन् २०२१ मा साढे ४ करोड डलर आम्दानी गरे ।

३. मार्कीप्लायर : गेमिङ क्रिएटर – Markiplier ले गतवर्ष युट्युबाट ३ करोड ८० लाख डलर आर्जन गर्न सफल भए ।

४. Rhett and Link : अमेरिकी कमेडियन जोडी रेट जेम्स र चाल्र्स लिंकन चर्चित टेलिभिजन शो गुड मिथिकल मर्निङका सञ्चालक पनि हुन् । उक्त जोडीले गतवर्ष आफ्नो युट्युब च्यानलबाट ३ करोड डलर कमायो ।

५. Unspeakable : माइनक्राफ्ट प्लेयर नाथन ग्राहम अर्थात् अनस्पिकेबल दशकदेखि युट्युबमा सक्रिय छन् । उनले आफ्ना विगतका भिडियोहरू व्यवसायिक कम्पनीलाई बिक्री समेत गरेका छन् । उनले सन् २०२१ मा आफ्नो युट्युब च्यानलमा अपलोड भएका भिडियोहरूबाट २ करोड ८५ लाख डलर कमाएका छन् ।

६. Nastya : यी ७ वर्षे रुसी बालिकाको युट्युब च्यानलमा ९ करोड सब्सक्राइबर छन् । सुरुमा टोए अनबक्सिङका भिडियो अपलोड गर्ने गरेकी नास्त्याले हाल आफ्ना भ्लग तथा म्युजिक भिडियोहरू युट्युब च्यानलमा अपलोड गर्ने गरेकी छिन् । सन् २०२१ मा उनले आफ्नो युट्युब च्यानलबाट २ करोड ८० लाख डलर कमाइन् ।

७. रायन काजी : पछिल्ला २ वर्ष लगातार नम्बर वान रहेका चर्चित युट्युबर बालक Ryan Kaji सन् २०२१ मा भने सातौँ स्थानमा झरेका छन् । उनका खेलौना समीक्षा, शैक्षिक भिडियो तथा पारिवारिक भ्लगका भिडियोबाट उनले सन् २०२१ मा २ करोड ७० लाख डलर आम्दानी गरेका छन् ।

८. Dude Perfect : कमेडी प्रान्कस्टरहरु ड्युड पर्फेक्टको समूहले सन् २०२१ मा युट्युबबाट २ करोड डलर आर्जन गरेको छ ।

९. Logan Paul : विवादास्पद बक्सर तथा भ्लगर लोगान पाउलले गतवर्ष आफ्नो युट्युब च्यानलबाट १ करोड ८० लाख डलर कमाएका छन् ।

१०. Preston Arsement : भ्लगर तथा माइनक्राफ्ट प्लेयर प्रेस्टन आर्सेमेन्टले सन् २०२१ मा युट्युबबाट १ करोड ६० लाख डलर आर्जन गरी दशौँ स्थानमा परेका छन् । गतर्वा उनी छैटौँ स्थानमा थिए ।

बीबीसी

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
केकी भन्छिन्- कोरोनाले हाम्रो पुस्तालाई धेरै असर पुर्‍यायो
पछिल्लो समाचार →
अफगानिस्तानमा भूकम्पबाट २६ जनाको मृत्यु

Leave a Comment

Your email address will not be published. Required fields are marked *