Latest News
Kathmandu

सामसङले ल्यायो यस्तो जुत्ता जुन जुत्तालाइ फोनसँग कनेक्ट गर्न सकिन्छ

सामसङले ल्यायो यस्तो जुत्ता जुन जुत्तालाइ फोनसँग कनेक्ट गर्न सकिन्छ

काठमाडौँ  दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसङले फोनसँग कनेक्ट गर्न सकिने जुत्ता लञ्च गरेको छ । यो जुत्ताको मद्दतले प्रयोगकर्ताले स्मार्टफोन कन्ट्रोल गर्न सक्नेछन् । यही हप्ता सामसङले शर्टकट लञ्च गरेको थियो । यो लिमिटेड एडिशनको जुत्ता हो ।

यो जुत्तालाई चिएल बेनेलक्स, एलिट्याक वेरेबल्स, ब्रुट आम्सर्टड्याम र जुत्ता डिजाइनर रोएल भ्यान होफसँगको सहकार्यमा लञ्च गरिएको थियो । जुतामा खास सेन्सर दिइएको छ । यसको मद्दतले फोनलाई कन्ट्रोल गर्न सकिनेछ । यसका लागि जुुत्तालाई सामसङको फोनसँग कनेक्ट गर्न जरुरी छ । मुन वाक गरेर फोन कल गर्न वा गित बजाउन सकिनेछ । पाँच फरक फरक मुभमेन्टको प्रयोग गरेर अरु पाँच वटा काम गर्न सकिनेछ । जुत्ताको एल्गोरिदम निकै स्मार्ट रहेको र मोशन रिकग्निशन निकै एकुरेट रहेको बताइएको छ । कम्पनीले अहिले यो जुत्ता विक्रीका लागि उपलब्ध गराएको छैन । कम्पनीले अहिलेसम्म ६ जोडी मात्रै यस्तो जुत्ता बनाएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
राज्यले जहिले पनि मुलुकको सर्वोपरि हितलाई ख्याल गरेर मात्र स्वीकृति दिने: मन्त्री चौधरी
पछिल्लो समाचार →
बझाङ केन्द्रविन्दु भएर दुई पटक भूकम्प

Leave a Comment

Your email address will not be published. Required fields are marked *