Latest News
Kathmandu

साता समिक्षा : सुनको मुल्यमा भारि गिरावट

साता समिक्षा : सुनको मुल्यमा भारि गिरावट

Macro view of a shiny golden bar. Fine gold ingot close up. Financial success, business investment and wealth concept. 3D illustration

काठमाडौँ यो साता स्थानीय बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा सुन र चाँदीको मूल्यमा भारी गिरावट हो । महासंघका अनुसार सुन तोलामा ३८ सय र चाँदी १०० रुपैयाँले घटेको छ ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४५ हजार रुपैयाँ थियो । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ४४ हजार ३०० रुपैयाँ कायम थियो । यो साताको शुक्रबारसम्म आइपुग्दा छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४० हजार ५०० रुपैयाँ कायम छ ।

यो साता आइतबारदेखि नै सुनको मूल्य घट्न थालेको थियो । शुक्रबारको तुलनामा तोलामा ४ हजार रुपैयाँले घटेको सुनको मूल्य सोमबार र मंगलबार स्थिर रह्यो । यस्तै बुधबार ६०० ले बढेर बिहीबार पनि सोही मूल्य कायम रह्यो । शुक्रबार भने तोलामा ४०० रुपैयाँले घटेर १ लाख ४२ हजार २०० कायम भएको हो ।

यस्तै यो साता चाँदीको मूल्य पनि घटेको छ । गत साताको शुक्रबार तोलामा १९ सय रुपैयाँ रहेको चाँदीको मूल्य यो साताको शुक्रबार १८ सय रुपैयाँमा आइपुग्यो । यो साता आइतबार तोलामा ७५ रुपैयाँले घटेर सोमबार सोही मूल्यमा बिक्री भयो । यस्तै मंगलबार १० रुपैयाँले घटेको चाँदी बुधबार ५ रुपैयाँले बढ्यो र बिहीबार र शुक्रबार १०–१० रुपैयाँले घट्यो ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
एक रनले चुक्यो नेपाल
पछिल्लो समाचार →
आर्थिक वर्ष २०८१\८२ का लागि सुदूरपश्चिम प्रदेशको बजेट साढे ३१ अर्ब

Leave a Comment

Your email address will not be published. Required fields are marked *