Latest News
Kathmandu

सात ओटा इन्टर्नेट प्रदायकहरुको अनुमतिपत्र स्वतः रद्द

सात ओटा इन्टर्नेट प्रदायकहरुको अनुमतिपत्र स्वतः रद्द

काठमाडौं नेपाल दूरसञ्चार प्राधिकरणले सात ओटा इन्टर्नेट (इ-मेल सहितको) सेवा संचालन गर्ने सेवा प्रदायकहरुको अनुमतिपत्र स्वतः रद्द भएको जानकारी दिएको छ।

प्राधिकरणबाट इन्टर्नेट (इ-मेल सहितको) सेवा संचालन गर्न अनुमतिपत्र प्राप्त उक्त सात सेवा प्रदायकहरुले दूरसञ्चार नियमावली २०५४ को नियम १२ बमोजिम अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधि भित्र अनुमतिपत्र नवीकरण वापतको दस्तुर दाखिला नगरेको उल्लेख छ।

निज सेवा प्रदायकहरुको अनुमतिपत्र दूरसञ्चार ऐन २०५३ को दफा २५ को उपदफा (५) बमोजिम स्वतः रद्द भएकोअनुमतिपत्र व्यवस्थापन शाखाले जनाएको छ। तोकिएको समयभित्र अनुमतिपत्र नवीकरण वापतको दस्तुर दाखिलासहित अनुमतिपत्र नवीकरणको लागि निवेदन पेस गर्नुपर्ने कानूनी प्रावधान रहेको छ।

तर ती कम्पनीहरुले अनुमतिपत्र नवीकरणको लागि निवेदन पेस नगरेकोले निज सेवा प्रदायकहरुको अनुमतिपत्र दूरसञ्चार ऐन २०५३ को दफा २५ को उपदफा (५) बमोजिम स्वतः रद्द भएको जानकारी प्राधिकरणले दिएको छ।यसका साथै सेवा प्रदायकहरुले नेपाल सरकार तथा प्राधिकरणमा नियमानुसार तिर्न बुझाउन पर्ने रकम सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र जम्मा गरी यस कार्यालयमा सम्पर्क गर्न समेत भनिएको छ। यसरी अनुमति पत्र स्वतः रद्द भएका इन्टरनेट सेवा प्रदायकहरुमा बशिष्ठ केबल नेट प्रा.लि., इन्फो नेट टेक्नोलोजी प्रा.लि., सिम्पल इन्टेलिजेन्ट सिस्टम एण्ड टेक्नोलोजी प्रा.लि., एसिया नेट कम्युनिकेशन प्रा.लि., फास्ट स्पिड लिंक नेटवर्क प्रा.लि., यस नेट नेपाल प्रा.लि., र मिथिला डिजिटल नेपाल प्रा।लि। रहेका छन्।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
सुनको मुल्य प्रतितोला एक लाख ४२ हजार १०० रुपैयाँ कायम
पछिल्लो समाचार →
चुरे क्षेत्र बहुपक्षीय र बहुसरोकारको विषय भएको :प्रधानमन्त्री

Leave a Comment

Your email address will not be published. Required fields are marked *