काठमाडाैं आज अमेरिकी डलरको मूल्य हिजोकै यथावत छ। तर, युरो, पाउन्ड, अस्ट्रेलियन डलर, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य भने घटबढ् भएकाे छ।
राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ४० पैसा र बिक्रीदर १३४ रुपैयाँ निर्धारण भएको छ। विगत तीन दिनदेखि अमेरिकी डलर यही मूल्यमा कारोबार हुँदै आएको छ। त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४२ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ५९ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४२ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४१ पैसा थियो।
आजको लागि बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७९ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७९ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १६९ रुपैयाँ २३ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९९ पैसा थियो। त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ०८ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४७ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ २५ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६५ पैसा थियो।
आजको लागि कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ८३ पैसा र बिक्रीदर ४३६ रुपैयाँ ७८ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ८५ पैसा र बिक्रीदर ४३६ रुपैयाँ ८१ पैसा थियो। आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ५२ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ८४ पैसा थियो।

Leave a Comment