Latest News
Kathmandu

‘सुपर–८’ चरणका खेलहरू बुधबार रातिदेखि सुरु हुने

‘सुपर–८’ चरणका खेलहरू बुधबार रातिदेखि सुरु हुने

काठमाडौँ– आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणमा ‘सुपर–८’ चरणका खेलहरू नेपाली समय अनुसार, बुधबार रातिदेखि सुरु हुनेछ । ‘सुपर–८ चारण’ मा पुगेका आठवटा टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

‘सुपर–८ चारण’ को ‘समूह–१’ मा अफगानिस्तान, अस्ट्रेलिया, बङ्गलादेश र भारत रहेका छन् । ‘समूह–२’ मा भने इङ्गल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इन्डिज रहेका छन् । अमेरिका पहिलो सहभागितामै टी–२० विश्वकपको ‘सुपर–८ चारण’ मा पुगेको हो । जारी विश्वकपको ‘सुपर–८ चारण’ मा पुगेका चारवटा राष्ट्रले यसअघि नै टी–२० विश्वकपको उपाधि जितिसकेका छन् । भारतले सन् २००७ मा सम्पन्न पहिलो संस्करणको उपाधि जितेको थियो । अस्ट्रेलियाले सन् २०२१ मा सम्पन्न सातौँ संस्करणको उपाधि चुमेको थियो ।

यसैगरी वेस्ट इन्डिज र इङ्गल्यान्डले हालसम्म दुई–दुईपटक टी–२० विश्वकपको उपाधि जितिसकेका छन् । वेस्ट इन्डिजले सन् २०१२ र सन् २०१६ मा टी–२० विश्वकप जितेको थियो । इङ्गल्यान्डले भने सन् २०१० र सन् २०२२ मा टी–२० विश्वकप उचालेको थियो । यसअघि उपाधि जितिसकेका दुई राष्ट्र भने यो विश्वकपको समूहगत चरणबाटै बाहिरिएका छन् । सन् २००९ को च्याम्पियन पाकिस्तान यसपटक समूहगत चरणबाटै घर फर्कियो । यसका अतिरिक्त सन् २०१४ मा सम्पन्न पाँचौँ संस्करणको विजेता श्रीलङ्का पनि यसपटक समूहगत चरणभन्दा अगाडि बढ्न सकेन ।प्रतियोगिताको ‘सुपर–८ चारण’ को पहिलो खेल नेपाली समय अनुसार, बुधबार राति २०ः१५ बजे आयोजक अमेरिका र दक्षिण अफ्रिकाबिच खेलिने छ । दोस्रो खेल असार ६ गते बिहान ०६ः१५ बजे इङ्गल्यान्ड र आयोजक वेस्ट इन्डिजबिच हुनेछ ।

सोही दिन राति २०ः१५ बजे अफगानिस्तान र भारत आपसमा भिड्ने छन् । ‘सुपर–८ चारण’ को अन्तिम खेल असार ११ गते बिहान ०६ः१५ बजे अफगानिस्तान र बंगलादेशबिच खेलिने छ । ‘सुपर–८ चारण’ को समाप्तिपछि दुबै समूहबाट दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
प्रतिबन्धित देशमा जाने महिलाको सङ्ख्या बढेपछि भिजिट भिसामा जानेहरुलाई थप कडाई
पछिल्लो समाचार →
गृहमन्त्री लामिछाने विरुद्धको मुद्दा आज पनि हेर्न नमिल्नेमा 

Leave a Comment

Your email address will not be published. Required fields are marked *