Latest News
Kathmandu

यस्तो रहनेछ आजदेखि तिनदिनसम्मको मौसम

यस्तो रहनेछ आजदेखि तिनदिनसम्मको मौसम

काठमाडाैं-हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ। बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी र मधेस प्रदेशमा पूर्णतया बदली, बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ। कोशी, बागमती र कर्णाली प्रदेशका थोरै तथा गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो कोशी, मधेस, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही तथा मधेस  प्रदेशलगायत बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राति कोशी, मधेस, बागमती गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेशका  एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

पछिल्लो २४ घन्टामा गण्डकी र कोशी प्रदेशका केही भू—भागमा भारी वर्षा भएको छ। लमजुङको घरेढुंगामा पछिल्लो २४ घन्टामा १२८.६ मिलिमिटर वर्षा भएको छ।  मनसुनी वायुका प्रभावले कोशी प्रदेशका अधिकांश भू—भागमा भारी वर्षा भएको छ। त्यहाँ यसपालि औसतभन्दा बढी पानी पर्ने प्रक्षेपण पनि गरिएको छ। सुनसरीको चतरामा पछिल्लो २४ घन्टामा १२५.८,  धरानमा ११५.८, मोरङको लेटाङमा १३१.४, मोरङको हरैँचामा १०८.८, इलामको सोक्तिम चिया बगान क्षेत्रमा १२० मिलिमिटर वर्षा भएको छ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
अमेरिकी डलरको मुल्यमा गिरावट
पछिल्लो समाचार →
ग्लोबल आइएमई बैंकको नयाँ एटीएम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

Leave a Comment

Your email address will not be published. Required fields are marked *