काठमाडौँ संसद् भवनको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका जवान अजित गोले संसद् भवनभित्रै गोली लागेको अवस्थामा मृत फेला परेका छन् ।
दोलखाका प्रहरी जवान गोले गोली लागेको अवस्थामा शौचालयभित्र मृत फेला परेका हुन् ।
संसद भवनको पश्चिम गेटको २ नम्बर गेटमा सुरक्षार्थी खटिएका उनको घटनास्थलमै मृत्यु भएको हो। बिहान ६ बजेदेखि ड्युटीमा रहेका गोले ८स्१५ बजेतिर शौचालयमा मृत भेटिएको काठमाडौं प्रहरी परिसरका एसपीले बताएका छन् ।
दोलखाको मेलुङ गाउँपालिका–४ घर भएका गोले हाल संघीय संसद सुरक्षा वेस नयाँबानेश्वरमा कार्यरत थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Comment