काठमाडौं टी–२० विश्वकप २०२४ को सुपर–८ मा अफगानिस्तानले अष्ट्रेलियालाई २१ रनले पराजित गर्दै सानदार जित हात पारेको छ ।
अफगानिस्तानले दिएको १४९ रनको मध्यम लक्ष्य पछ्याएको अष्ट्रेलिया १९।२ ओभरमा १२७ रन बनाएर अलआउट भयो । अष्ट्रेलियासँग भएका ६ अन्तर्राष्ट्रिय खेलमा अफगानिस्तानको यो पहिलो जित हो ।
अष्ट्रेलियाका ग्लेन म्याक्सवेलले ५९ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । मिचेल मार्शले १२ र मार्कस इस्टोनिसले ११ रन बनाए भने अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।अष्ट्रेलियालाई अलआउट गर्न अफगानिस्तानका गुलबदिन नाबीले ४ र नवी उल हकले ३ विकेट लिए । मोहम्मद नावी, राशिद खान र अजमतुल्लाह उमरजईले एकरएक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ६ विकेट गुमाउँदै ओपनरद्वय रहमानुल्लाह गुर्बाज र इब्राहिम जद्रानको अर्धशतक मद्दतमा १४८ रन बनाएको थियो । गुर्बाजले ६० र जद्रानले ५१ रन बनाएर आउट भए । करिम जन्नतले १३ र मोहम्मद नाबीले १० रनको योगदान गरे । अरु ब्याटर चलेनन् ।
अष्ट्रेलियाका प्याट कमिन्सले तीन, एडम जाम्पाले दुई तथा मार्कस स्टोनिसले एक विकेट लिए ।अफगानिस्तान सुपर(८ को पहिलो खेलमा इन्डियासँग पराजित भएको थियो भने अष्ट्रेलियाले बंगलादेशलाई पराजित गरेको थियो ।एकरएक खेलमा हार र जितको नतिजा निकालेका यी दुवै टोलीको दुईरदुई अंक छ । रनरेटका आधारमा अष्ट्रेलिया अगाडि छ । अब अष्ट्रेलियाले इन्डिया र अफगानिस्तानले बंगलादेशसँग खेल्नेछन् । बाँकी खेल दुवैले जिते नेट रनरेटका आधारमा सेमिफाइनल जाने टोलीको निर्णय हुनेछ । यो समूह १ मा भारत ४ अंकका साथ शीर्ष स्थानमा छ ।

Leave a Comment