Latest News
Kathmandu

दमौली अस्पताललाई सुर्य नेपालले दियो रु २८ लाख बराबरका दुई थान हेमोडायलासिस मेसिन

दमौली अस्पताललाई सुर्य नेपालले दियो रु २८ लाख बराबरका दुई थान हेमोडायलासिस मेसिन

काठमाडौँ संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै संयुक्त लगानीको निजी क्षेत्रको कम्पनी सूर्य नेपालले दमौली अस्पताललाई रु २८ लाख बराबरका दुई थान हेमोडायलासिस मेसिन प्रदान गरेको छ ।

कम्पनीका जनसम्पर्क प्रमुख अन्जन दवाडीले दमौली अस्पतालका प्रमुख डा।परिवर्तन बराललाई शनिबार ती मेसिन हस्तान्तरण गरेका हुन् ।

अस्पतालमा हाल दश वटा डायलासिस मेसिन छन् । अस्पतालले दैनिक आठ वटा मेसिन सञ्चालन गरेर ५६ जना मिर्गौलाका बिरामीलाई डायलासिस सेवा प्रवाह गरिरहेको डा।बरालले राससलाई जानकारी दिए ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
आर्थिक वृद्धिदर ७ प्रतिशतसम्म पुर्याउन सकिने : अर्थसचिव मरासिनी
पछिल्लो समाचार →
क्याप्टेन विजय लामालाई ‘लाल–समुन्द्रा राष्ट्रिय बहुप्रतिभा पुरस्कार’ प्रदान 

Leave a Comment

Your email address will not be published. Required fields are marked *