काठमाडौँ संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै संयुक्त लगानीको निजी क्षेत्रको कम्पनी सूर्य नेपालले दमौली अस्पताललाई रु २८ लाख बराबरका दुई थान हेमोडायलासिस मेसिन प्रदान गरेको छ ।
कम्पनीका जनसम्पर्क प्रमुख अन्जन दवाडीले दमौली अस्पतालका प्रमुख डा।परिवर्तन बराललाई शनिबार ती मेसिन हस्तान्तरण गरेका हुन् ।
अस्पतालमा हाल दश वटा डायलासिस मेसिन छन् । अस्पतालले दैनिक आठ वटा मेसिन सञ्चालन गरेर ५६ जना मिर्गौलाका बिरामीलाई डायलासिस सेवा प्रवाह गरिरहेको डा।बरालले राससलाई जानकारी दिए ।
