Latest News
Kathmandu

क्याप्टेन विजय लामालाई ‘लाल–समुन्द्रा राष्ट्रिय बहुप्रतिभा पुरस्कार’ प्रदान 

क्याप्टेन विजय लामालाई ‘लाल–समुन्द्रा राष्ट्रिय बहुप्रतिभा पुरस्कार’ प्रदान 

काठमाडौँ कलाकार तथा क्याप्टेन विजय लामालाई ‘लाल–समुन्द्रा राष्ट्रिय बहुप्रतिभा पुरस्कार’ प्रदान गरिएको छ । विश्व सङ्गीत दिवसको अवसर पारेर नेपाल संगीतिक सङ्घले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा उनलाई नगद रु २५०००– सहित उक्त पुरस्कार प्रदान गरिएको हो ।

लामालाई अभिनय र पाइलट पेसामा पुर्‍याएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको हो । पुरस्कार विकाश घले गुरुङले आफ्ना बाबु (लाल)– आमा (समुन्द्रा) गुरुङको नामबाट स्थापना गरेका हुन् ।

विकास फिल्मका लेखक, नृत्य निर्देशक र निर्देशक पनि हुन् । विकास केही वर्षदेखि अमेरिका बस्दै आएका छन् । उनी तेक्वन्दो प्रशिक्षक पनि हुन् । पुरस्कार अग्रजलाई सम्मान र नवलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापना गरिएको हो ।

यो पुरस्कार यस अगाडि कलाकार–लेखक–निर्देशक ओम प्रतीक गुरुङ, गीतकार संविधानविद्ध भीमार्जुन रेग्मी, गायिका कोमल वली, अग्रज कलाकार लेखक तथा निर्देशक कुशल प्रशिक्षक नीर शाह, मह जोडीलगायतले प्राप्त गरेका छन् ।  कार्यक्रममा शिवशङ्कर मानन्धरले ‘राष्ट्रिय साङ्गीतिक सम्मान’, रत्न शमशेर थापाले ‘राष्ट्रिय साङ्गीतिक सम्मान’, मिरा राणाले ‘प्रेमध्वज प्रधान राष्ट्रिय साङ्गीतिक सम्मान’ समेत प्राप्त गरेका थिए ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
दमौली अस्पताललाई सुर्य नेपालले दियो रु २८ लाख बराबरका दुई थान हेमोडायलासिस मेसिन
पछिल्लो समाचार →
सेयर बजारमा ५.३७ अंकको गिरावट

Leave a Comment

Your email address will not be published. Required fields are marked *