Latest News
Kathmandu

फिल्म ‘कल्कीले एकैदिनमा कमायो करिब ११५ करोड भारु

फिल्म ‘कल्कीले एकैदिनमा कमायो करिब ११५ करोड भारु

काठमाडौँ प्रभास, अमिताभ बच्चन, दीपिका पादुकोण र कमल हासन स्टारर फिल्म ‘कल्की २८९८ एडी’ भारतीय सिनेमाको तेस्रो ठुलो ओपनर बनेको छ । नाग अश्विन निर्देशित फिल्मले हिन्दी, तमिल, तेलुगु, कन्नड र मलायालम भाषामा पहिलो दिन भारतमा करिब ९५ करोड भारु कमाएको छ । फिल्मको कुल अनुमानित कलेक्सन करिब ११५ करोड भारु रहेको छ ।

फिल्मले विश्वभर १८० करोड भारु कमाएको छ । स्याकनिल्कमा छापिएको खबरअनुसार कल्की २८९८ एडीले पहिलो दिन भारतीय बक्स अफिसमा ११५ करोड भारुको जति कलेक्सन गरेको छ । फिल्मले विश्वभर भने ६५ करोड भारु कमायो । यसरी प्रभासको फिल्मले ओपनिङ डेमै १८० करोड भारु कमाएर कीर्तिमान बनाएको छ । यति ठुलो कलेक्शनको साथमा कल्कि २८९८ एडीले केजीएफ २ सालार, लियो, साहू र जवानको रेकर्डलाई तोडेको छ । पहिलो दिनको विश्वव्यापी कारोबारमा केजीएफ २ ले १५९ करोड र सलारले १५८ करोडको व्यापार गरेको थियो । त्यस्तैगरी, लियोले १४२ करोड ७५ लाख, साहोले १३० करोड र जवानले १२९ करोड भारु कमाएको थियो । अझै पनि २२३ करोड भारुको वल्र्डवाइड ओपनिङ डे कलेक्सन सहित आरआरआर पहिलो स्थानमा छ । बाहुबली २को पहिलो दिनको वल्र्डवाइड कलेक्सन २१७ करोड भारु भन्दा बढी छ ।

जुन २७ मा विश्वभर कल्कि २८९८ एडी रिलिज भएको थियो । यो फिल्मका लागि सबै भाषामा ० लाखभन्दा बढी टिकटको अग्रिम बुकिङ गरेको थियो । फिल्मले समीक्षकहरूबाट सकारात्मक प्रतिक्रिया पाएको छ भने दर्शकले पनि कलाकारहरूको अभिनयको तारिफ गरिरहेका छन् ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
महानगरपालिकालाई जिम्मेवारी थप गर्न आवश्यक : सांसद पूर्णबहादुर
पछिल्लो समाचार →
त्रिभुवन विश्वविद्यालय सेवा आयोगले प्राध्यापक पदका लागि अन्तर्वार्ता लिदैँ

Leave a Comment

Your email address will not be published. Required fields are marked *