Latest News
Kathmandu

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले प्राध्यापक पदका लागि अन्तर्वार्ता लिदैँ

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले प्राध्यापक पदका लागि अन्तर्वार्ता लिदैँ

काठमाडौँ त्रिभुवन विश्वविद्यालय सेवा आयोगले प्राध्यापक पदका लागि अन्तर्वार्ता लिन सुरु गरेको छ । २०७७ सालमा गरिएको समाजशास्त्र विषयको प्राध्यापक पदका लागि विज्ञापन आह्वान गरिएको थियो । तर, विद्यार्थी सङ्गठनहरूको अवरोधका कारण पटक पटक स्थगित हुँदै आएको थियो ।

पटक पटक स्थगित हुँदै आएको परीक्षा कडा सुरक्षाकाबिच सुरु भएको हो । आज समाजशास्त्र र हिन्दी विषयको प्राध्यापक पदको लागि अन्तर्वार्ता भइरहेको आयोगले जनाएको छ । त्यस्तै असार १६ गते सह–प्राध्यापक पदका लागि अन्तर्वार्ताको मिति तय गरिएको छ ।

शान्ति सुरक्षाको प्रत्याभूतिसहित अन्तर्वार्ता थालिएको आयोगले जनाएको छ । अन्तर्वार्ताको अवलोकनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ समेत कीर्तिपुर पुगेकी थिइन् । उनले परीक्षाको अवलोकन गर्नुका साथै सुरक्षा व्यवस्थाबारे समेत बुझेकी थिइन् । समाजशास्त्रतर्फ एक प्राध्यापक पदका लागि तीन जनाको आवेदन परेको छ । जसमा सुशीलकुमार यादव, युवराज लुइँटेल र टिकाराम गौतम रहेका छन् । त्यस्तै हिन्दी विषयको लागि एक जनाको मात्रै आवेदन परेको छ । जसमा सञ्चिता बर्माले आवेदन दिएकी हुन् । यसअघि २०८० असोज १९ गतेको लागि अन्तर्वार्ताको मिति तय भएको थियो । तर, त्यो बेला अवरोधका कारण अन्तर्वार्ता अनिश्चितकालका लागि स्थगित भएको थियो ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
फिल्म ‘कल्कीले एकैदिनमा कमायो करिब ११५ करोड भारु
पछिल्लो समाचार →
वैदेशिक रोजगार विभागमा धर्नाको क्रममा पीडितहरुले गरेश्रममन्त्रीको पुत्ला दहन

Leave a Comment

Your email address will not be published. Required fields are marked *