Latest News
Kathmandu

कोरोना संक्रमण : अबको एक महिना कठिन

कोरोना संक्रमण : अबको एक महिना कठिन

४ माघ, काठमाडौं । नेपालले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट अबको एक महिना कठिन अवस्था झेल्नुपर्ने प्रक्षेपण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रक्षेपण अनुसार माघ दोस्रो साता दैनिक संक्रमण पुष्टि हुनेकोसंख्या उच्च हुनेछ । त्यो बेला दैनिक २० हजार हाराहारीमा संक्रमण पुष्टि हुनेसक्छ । यो समयमा लक्षण सहितको संक्रमित करिब १० हजार हुनेछन् भने १ हजार बढीलाई अस्पताल भर्ना गर्नुपर्ने हुनसक्छ ।

मन्त्रालयको प्रक्षेपण अनुसार अस्पतालमा सबैभन्दा बढी चाप माघ तेस्रो साता हुनेछ । त्यो बेला अस्पतालमा उपचाररत संक्रमितको संख्या झण्डै १४ हजारसम्म पुग्न सक्ने आकलन गरिएको इपिडिमियोलोजि तथा सरुवा रोग महाशाखाका प्रमुख ड. कृष्ण पौडेलले संसदको शिक्षा तथा स्वास्थ्य समितिलाई जानकारी दिएका हुन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
सर्वोच्चले गर्‍यो सेवा कटौती, अब ६ प्रकारका सेवा मात्रै उपलब्ध हुने
पछिल्लो समाचार →
स्वास्थ्य मन्त्रालय लकडाउनको विपक्षमा छ : स्वास्थ्य सचिव

Leave a Comment

Your email address will not be published. Required fields are marked *