काठमाडौं सरकारले आज “जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि“ भन्ने नाराका साथै धान दिवस मनाउँदै छ । धान उत्पादनमा वृद्धि आधुनिकीकरण र व्यवसायीकरणलाई प्रवर्द्धन गर्ने हेतुले वि।सं। २०६१ देखि नियमित रूपमा प्रत्येक वर्ष आषाढ १५ मा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने गरिएको आएको छ। यसै सन्दर्भमा यस वर्ष राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ विभिन्न कार्यक्रमहरु सहित मनाउन लागिएको छ ।
प्रमुख खाद्यान्न बाली धान हाम्रो खाद्य सुरक्षाको प्रमुख आधार हो। हाम्रो सन्दर्भमा धानले आर्थिक, सामाजिक, साँस्कृतिक र धार्मिक महत्व राख्दछ। यसर्थ, धान एक बाली मात्र नभई औसत नेपालीको जीवन पद्दति पनि हो। जलवायु परिवर्तनको कारण धान खेतीमा बढ्दो नकरात्मक असरलाई न्यूनीकरण गर्न जलवायु अनुकूलित प्रविधिहरुको अनुसन्धान र विकास एवं उपलव्ध प्रविधिहरुको प्रचार प्रसार गरी तिनको अवलम्वन गर्न कृषक र अन्य सम्वद्ध पक्षहरुलाई सचेत र जागरुक बनाई धान उत्पादन एवं उत्पादकत्व बढाउनु पर्ने सन्देश यस वर्षको नाराले दिएको हो ।
९ प्रतिशत रोपाई सम्पन्न
कृषि विभागका अनुसार हालसम्म ९.८ प्रतिशत रोपाईँ सम्पन्न भएको छ । अघिल्लो वर्ष सोही समयमा ८।७५प्रतिशत रोपाई भएको थियो । १३ लाख९८ हजार हेक्टर मध्ये १ लाख ३६ हेक्टर जमिन रोपाई सम्पन्न भएको छ । सबैभन्दा बढी सूदुरपश्चिम २५ प्रतिशत रहेको छ । अघिल्लो वर्ष २२ प्रतिशत रोपाई भएको थियो । कोशी प्रदेशमा अघिल्लो वर्ष ५। ६ प्रतिशत रोपाई सम्पन्न भएको थियो ।
उत्पादनमाभन्दा बढी आयातमा जोड :
हरेक वर्ष सरकारले धान उत्पादन बढाउने लक्ष्य लिएको भए पनि आयातमै निर्भ रहेका छौं । समयमै मलको अभाव, आधुनिक कृषि प्रणालीको कमी, बढ्दो शहरीकरण लगायतको कारणले हाम्रो उत्पादनमा बढाउन सकेका छैनौं। सरकारले धान दिवसकोदिन धानमा आत्मनिर्भर बन्न सकेको छैन । हरेक वर्ष अबौं रुपैयाँको धान चामलकिने खान बाध्य भएका छौं ।भन्सार विभागका अनुसार जेठ मसान्तसम्म मात्रै ८ अर्ब ८६ करोड रुपैयाँको धानके विउ आयात भएको छ । त्यस्तै।१ खर्ब १५ अर्ब रुपैयाँको धान मात्र किनेर खाएका छौ । ८ अर्ब ७९ करोडको चामल आयात, ९२ लाखको कनिका आयात भएको भन्सार विभागले जनाएको छ ।

Leave a Comment