Latest News
Kathmandu

काठमाडौंका विभिन्न स्थानमा आज सात घन्टा बत्ती काटिने

काठमाडौंका विभिन्न स्थानमा आज सात घन्टा बत्ती काटिने

काठमाडौं काठमाडौंका विभिन्न स्थानमा आज सात घन्टा बत्ती काटिने भएको छ। विद्युत् प्राधिकरणले रत्नपार्क वितरण केन्द्रको बबरमहल फिडर अन्तर्गत पर्ने क्षेत्रहरूमा शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरूद्ध हुने जनाएको छ।

प्राधिकरणका अनुसार उक्त फिडर अन्तर्गत पर्ने खुलामञ्च क्षेत्र, सैनिक मञ्च हुँदै भद्रकाली, कृषि विकास बैंक , नेपाल आर्मी ब्यारेक, सुन्धारा, भन्सार विभाग हुँदै रानीपोखरीसम्म विद्युत् काटिने छ। ती क्षेत्रमा प्रिभेन्टिभ मेन्टिनेन्स गर्नका लागि फिडर सटडाउनमा राख्नुपर्ने भएकाले ती स्थानमा विद्युत काटिने र काम अगाडि नै सकिए विद्युत् सेवा सुरू हुने प्राधिकरणले जनाएको छ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
आज “जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि“ भन्ने नाराका साथ धान दिवस मनाउँदै 
पछिल्लो समाचार →
यस्तो रहनेछ आगामि तिन दिन सम्मको मौसम

Leave a Comment

Your email address will not be published. Required fields are marked *