Latest News
Kathmandu

राष्ट्रियसभा निर्वाचन : लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी

काठमाडौँ । राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । बुधबार सम्पन्न निर्वाचनमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका युवराज शर्मा, नेकपा (एकीकृत समाजवादी)का राज्य लक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक (राजेश) विजयी भएका हुन् ।

दाङको कर्मचारी मिलन केन्द्रमा भएको मतदानमा उनीहरुले एमालेका रामदयाल गुप्ता, भारती खनाल उपाध्याय र कृष्ण सुनारलाई पराजित गरेका हुन् । मतदानमा प्रदेशसभा सदस्य ८१ र १०७ स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गरेको बताइएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
भिजिट भिसामा रोक लगाउने निर्णय खुकुलो बनाइयो, समस्या समाधानका लागि अध्ययन समिति !
पछिल्लो समाचार →
थप ८,४५४ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु

Leave a Comment

Your email address will not be published. Required fields are marked *