युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार ४५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । सोही समयमा ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३५९ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार ४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ४ हजार ४३३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाका सक्रिय संक्रमित ९० हजार ६७ जना पुगेका छन् ।

नेपालमा हालसम्म ६१ लाख ११ हजार २१३ जनाको परीक्षण भएकामा जम्मा १० लाख ५४ हजार ८८ जनामा कोरोना पुष्टि भएको छ । यस्तै संक्रमितमध्ये ८ लाख ३१ हजार ७१२ जना निको भएका छन् । यस्तै हालसम्म ११ हजार ६७२ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । हालसम्म कुल जनसंख्याको ४१ प्रतिशत जनसंख्याले पुर्ण खोप पाइसकेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर