Latest News
Kathmandu

सिमेन्ट उद्योगसँग मिलेर १ अर्ब २४ करोड भ्रष्टाचार : यी हुन् घोटालामा मिलेमतो गर्ने व्यापारी र कर्मचारी

सिमेन्ट उद्योगसँग मिलेर १ अर्ब २४ करोड भ्रष्टाचार : यी हुन् घोटालामा मिलेमतो गर्ने व्यापारी र कर्मचारी

१३ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चुनढुङ्गा उत्खनन् मापदण्डभन्दा बढी उत्खनन् गर्ने ठूला सिमेन्ट उद्यागीलाई छुट दिने कर्मचारीसहित उद्योगी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारका अनुसार खानी तथा भूगर्भ विभागबाट मिति २०७६ जेठ २४ गते तत्कालीन उपमहानिर्देशक तथा हालका राम प्रसाद घिमिरेको नेतृत्वमा गठित ३ सदस्यीय समिति ९पहिलो० ले विभिन्न ९ वटा सिमेन्ट उद्योगहरुले खानी दोहन गरी उत्खनन अनुमतिपत्रमा तोकिएको निर्धारित परिमाण भन्दा बढी चुनढुंगा निकालेको उल्लेख गरेका थिए ।

 

घिमिरे नेतृत्वको समितिले २०७६ असार २१ गते पेश गरेको प्रतिवेदनमा १ अर्ब २६ करोड १९ लाख ४८ हजार क्षतिपूर्ति (राजस्व) उठाउनु पर्ने गरी कारबाहीको सिफारिस गरेकोमा थियो । ती सिमेन्टरचुनढुङ्गा कम्पनीहरुबाट लिनु पर्ने क्षतिपूर्ति नलिई २०७७ जेठ १५ गते अर्का कर्मचारी जयराज घिमिरेको संयोजकत्वमा समिति गठन गरि दोस्रो प्रतिवेदन तयार पारेर १८ लाख रुपैयाँ मात्रै जरिवाना गरेको थियो । सोही विषयमा अर्बौं भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो ।

दोस्रो समितिले गलत प्रतिवेदनले सिफारिस गरेबमोजिम माइनिङ्ग स्किममा आर्थिक वर्ष २०७४र०७५ र २०७५र०७६ को लागि तोकिएको वार्षिक स्वीकृत क्षमताभन्दा बढी (अधिक) चुनढुङ्गा उत्खननरउत्पादन गर्ने सर्वोत्तम सिमेन्ट लिमिटेड, सिद्धार्थ मिनरल्स प्रा.लि., मारुती सिमेन्टस् लिमिटेड, अन्नपूर्ण क्वेरिज प्रा.लि।, उदयपुर मिनरल्स टेक प्रा।लि।, युनाइटेड सिमेन्ट प्रा.लि।

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, कन्चन क्वेरिज प्रा.लि। र डोलोमाइट चुनढुंगा उद्योग प्रा.लि। समेतका ९ वटा कम्पनीहरुबाट वार्षिक प्रति आर्थिक वर्ष १र१ लाख रूपैंयाका दरले जरिबाना लिने गरी विभागीय निर्णय गरेको थियो ।

त्यस बखत नेपाल सरकारलाई १ अर्ब २४ करोड ४५ लाख २६ हजार ६ सय ४३ रुपैयाँ हानी नोक्सानी र राजश्व चुहावट भएको र भ्रष्टाचार भएको अख्तियारको ठहर छ ।

कुन व्यापरी विरुद्ध कतिको विगो ?

अख्तियारका अनुसार सर्वोत्तम सिमेन्टका मालिक विष्णु न्यौपानेले १६ करोड ३१ लाख रुपैयाँ विगो बुझाउनुपर्ने भएको छ । सिद्धार्थ मिनिरल्सका मालिक पुसुपति मुरारकाले ४९ करोड ५० लाख ५१ हजार रुपैयाँ भन्दा बढी विगो तिर्नुपर्ने छ । त्यस्तै मारुती सिमेन्टका मालिक सरद गोयलले २० करोड ५० लाख ६५ हजार भन्दा बढी विगो बुझाउनुपर्ने छ । अन्नपूर्ण क्वेरिजका मालिक ऋषि अग्रवाललाई ११ करोड १७ लाख २५ हजार भ्रष्टाचार गरेको अभियोग लागेको छ ।

उदयपुर मिनरल्स टेक प्रा.लीका मालिक प्रवलजंग पाण्डे विरुद्ध १ करोड ७९ लाख भन्दा बढी रकम भ्रष्टाचार गरेको अभियोग छ । युनाइटेड सिमेन्ट उद्योग प्रा.लीका मालिक नरेश दुगडले ९ करोड ७९ लाख रुपैयाँ भ्रष्टाचार गरेको

अख्तियारको दाबी छ । त्यस्तै सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडका मालिक निपेश तायलले ६ करोड ९८ लाख भ्रष्टाचार गरेको दाबी छ । कन्चन क्वेरिजका मालिक भिम बहादुर थापा क्षेत्री विरुद्ध ३ करोड ८ लाख भ्रष्टाचारको अभियोग छ ।

डोलोमाइट चुनढुंगा उद्योग प्रा.लीका मालिक मानबहादुर श्रेष्ठ विरुद्ध ५ करोड ४३ लाख भ्रष्टाचारको अभियोग छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
ओएन्डएम स्विकृत भएसँगै एआईजीको दरबन्दी थपिँदै : को–को छन् प्रतिष्पर्धामा ?
पछिल्लो समाचार →
९ सिमेन्ट उद्योगसहित १८ जना विरुद्ध एक अर्ब २४ करोड भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर !

Leave a Comment

Your email address will not be published. Required fields are marked *