Latest News
Kathmandu

स्थानीय तहको निर्वाचन तत्काल घोषणा गर्न किसान महासंघको माग

स्थानीय तहको निर्वाचन तत्काल घोषणा गर्न किसान महासंघको माग

काठमाडौं । नेकपा एमालेको किसान संगठन अखिल नेपाल किसान महासंघले तत्काल स्थानीय तहको निर्वाचन घोषणा गर्न सरकारसँग माग गरेको छ । महासंघका अध्यक्ष प्रेम दंगालले आइतबार एक विज्ञप्ति जारी गरी तत्काल निर्वाचनको मिति घोषणा गरेर समयमै निष्पक्ष निर्वाचन गराउन माग गरेको हो ।

महासंघले कातिक पहिलो साता आएको अविरल वर्षा, बाढी र डुवानका कारण क्षति व्यहोरेका किसानलाई राहत दिन पनि आग्रह गरेको छ । सरकारले गत कातिक ११ गते नै राहत दिने निर्णय गरे पनि हालसम्म क्षतिको तथ्यांकसमेत नलिएको र राहत नदिएको भन्दै महासंघले विरोध जनाएको छ ।

वर्षा बाढी र डुबानबाट प्रभावित किसानलाई राहत स्वरुप उनीहरुले बैंकबाट लिएको ऋणमा साना किसानको सम्पूर्ण कर्जा मिनाहा, बाढी र डुवानबाट प्रभावित कृषकलाई सहुलियत दरको कृषि कर्जा उपलब्ध गराउन पनि महासंघले माग गरेको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
२१ माघमा देशभर प्रदर्शन गर्ने क्रान्तिकारी माओवादीको निर्णय
पछिल्लो समाचार →
अलमुताइरी आएपछि डेब्यू गर्ने खेलाडी १० पुग्यो

Leave a Comment

Your email address will not be published. Required fields are marked *