Latest News
Kathmandu

दूधकाे मूल्य लिटरमा ९ रुपैयाँ बढ्याे, शुक्रबारदेखि लागु हुने

दूधकाे मूल्य लिटरमा ९ रुपैयाँ बढ्याे, शुक्रबारदेखि लागु हुने

काठमाडौँ । दूग्ध विकास संस्थान (डीडीसी)ले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाएको छ ।

शुक्रबारदेखि लागु हुने गरी डीडीसीले मूल्य बढाएको हो । योसँग अब डीडीसीले उत्पादन गर्ने प्रशोधित प्याकेट दूधको मूल्य प्रतिलिटर ८५ रुपैयाँ पुगेको छ ।

याे पनि – उपभोग्य वस्तुको मूल्यमा पुनः अस्वाभाविक वृद्धि

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दूधको मूल्य बढाउन सरकारी स्वामित्वको संस्थान डीडीसीलाई बुधबार अनुमति दिएसँगै डीडीसी बोर्ड बैठकले बुधबार नै मूल्य बढाउने निर्णय गरेको हो ।

तीन इकाई फ्याट र ८ इकाई एसएनएफको आधारमा प्रशोधित दूधको मूल्य तोक्न मन्त्रालयले डीडीसीलाई बुधबार अनुमति दिएको थियो ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
‘चिसो मान्छे’ असार ३ मा , पोस्टरमा स्वस्तिमाको यस्तो लूक्स
पछिल्लो समाचार →
‘म यस्तो गीत गाउँछु २’ फाल्गुन १३ मा

Leave a Comment

Your email address will not be published. Required fields are marked *