Latest News
Kathmandu

विश्वकप छनोट : यूएईविरुद्ध नेपालले फिल्डिङ गर्दै

विश्वकप छनोट : यूएईविरुद्ध नेपालले फिल्डिङ गर्दै

काठमाडौं । आइसीसी टी-२० विश्वकप छनोटकाे निर्णायक खेलमा नेपालले मंगलबार यूएईसँग प्रतिस्पर्धा गर्दैछ ।

ओमानको अल अमेरात रंगशालामा नेपालले टस हारेर पहिले फिल्डिङ गर्दैछ ।

नेपाली टोलीमा मंगलबार एक जना खेलाडी परिवर्तन गरिएको छ । कुशल मल्लको स्थानमा अलराउन्डर विवेक यादवले टिममा स्थान बनाएका छन् ।

विश्वकप छनोट ग्लोबल क्वालिफायर ए अन्तर्गत सेमिफाइनल चरणको यो खेल जितेमा नेपालले २०२२ को अक्टोबर/नोभेम्बरमा अष्ट्रेलियामा हुने टी-२० विश्वकप खेल्न पाउनेछ ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
करिब १० लाख दर्शनार्थी आउने महाशिवरात्रिमा
पछिल्लो समाचार →
असिनाले ११ करोडको क्षति, कृषि बिमा नहुँदा किसानलाई मर्का

Leave a Comment

Your email address will not be published. Required fields are marked *