Latest News
Kathmandu

गठबन्धन जोगाउन अन्तिम कोसिस गर्ने माओवादीको निर्णय

गठबन्धन जोगाउन अन्तिम कोसिस गर्ने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले पाँचदलीय गठबन्धन जोगाउन अन्तिम कोसिस गर्ने निर्णय गरेको छ । माओवादीको पूर्व स्थायी कमिटी सदस्यहरुको शुक्रबार बसेको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसीबारे पार्टीको पूर्ववत सैद्धान्तिक धारणामा रहेर गठबन्धन जोगाउन कोसिस गर्ने निर्णय गरेको हो ।

‘यथास्थितिमा पारित गर्न सकिँदैन, हामी विपक्षमा मत हाल्छौं’, बैठकमा नेता हरिबोल गजुरेलले भने, तर जुन उद्देश्यले गठबन्धन बनेको हो, त्यो अझै परिपूर्ति भएको छैन । त्यसैले गठबन्धन जोगाउनुपर्छ कोसिस गरौं भन्ने भएको छ ।’

 

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
आज स्थानीय तह निर्वाचनका लागि दल दर्ता गराउँदै एमाले
पछिल्लो समाचार →
संसद बैठक १५ गतेसम्मका लागि स्थगित

Leave a Comment

Your email address will not be published. Required fields are marked *