Latest News
Kathmandu

अमेरिका चोरी भएर पुर्‍याइएका मूर्ति र टुँडाल नेपाल ल्याइयो

अमेरिका चोरी भएर पुर्‍याइएका मूर्ति र टुँडाल नेपाल ल्याइयो

काठमाडौं । विभिन्न समयमा चोरी भएर अमेरिका पुगेका मूर्ति र टुँडाल नेपाल फर्काइएको छ । अमेरिकाको न्युयोर्कस्थित रुबिन म्युजियममा फेला परेको टुँडाल र अर्को एउटा काष्ठकलासँगै न्युयोर्ककै तिब्बत ग्यालरीमा भेटिएको बुद्धको मूर्ति नेपाल ल्याइएको हो ।

सोमबार काठमाडौं ल्याइएको उक्त मूर्तिलाई पुरातत्व विभागले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिन लागेको छ ।

पुरातत्व विभागकी सूचना अधिकारी शुभद्रा भट्टराईले अमेरिकाबाट ल्याइएको एउटा बुद्धको मूर्ति, यम्पी महाविहार ललितपुरबाट चोरिएको एउटा तोरण र एउटा झ्यालको मुनि राखिने गन्धर्व आकृतिको काष्ठकला नेपाल फर्काइएको जानकारी दिइन् ।

रुविन म्युजियमकै पदाधिकारीले बुधबार नै नेपालको पुरातत्व विभागलाई यी सम्पदा हस्तान्तरण गर्न लागेका हुन् ।

इटुम्बहालको केशचन्द्र महाविहारबाट हराएको मालासहित उडिरहेकी अप्सरा (गन्धर्व) र पाटनको यम्पी विहारबाट हराएको मूलढोकामाथिको तोरण आकृति न्युयोर्कको रुबिन म्युजियममा फेला परेको थियो ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
जसपा नेताहरू कार्यकारिणी छाडेर गुटको बैठकमा
पछिल्लो समाचार →
कृष्णराज बर्मा कम्युनिष्ट नेता आईसीयूमा

Leave a Comment

Your email address will not be published. Required fields are marked *