Latest News
Kathmandu

कृष्णराज बर्मा कम्युनिष्ट नेता आईसीयूमा

कृष्णराज बर्मा कम्युनिष्ट नेता आईसीयूमा

काठमाडौं । कम्युनिष्ट नेता कृष्णराज बर्मा स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् ।

छातीको समस्या देखिएपछि ह्याम्स अस्प्ताल भर्ना भएका उनलाई निमोनिया देखिएपछि आईसीयूमा राखेर उपचार भइरहेको परिवारका सदस्यले बताएका छन् ।

उनको अक्सिजनको लेभल कम देखिएको छ भने फोक्सोमा पनि समस्या देखिएको छ । ९३ वर्षीय बर्मालाई १० दिन अगाडि नै छातीमा समस्या देखिएको थियो ।

२००७ सालको राणा विरोधी आन्दोलनमै सामेल कम्युनिष्ट नेता बर्मा २०४६ सालको जनआन्दोलनका एक प्रमुख नेता हुन् । उनी नेतृत्वको नेकपा पञ्चायत विरोधी आन्दोलनमा वाम घटकमा सामेल थियो ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
अमेरिका चोरी भएर पुर्‍याइएका मूर्ति र टुँडाल नेपाल ल्याइयो
पछिल्लो समाचार →
भोलि सार्वजनिक विदा ग्याल्पो ल्होसारमा

Leave a Comment

Your email address will not be published. Required fields are marked *