Latest News
Kathmandu

आगलागी तनहुँको दमौलीमा

आगलागी तनहुँको दमौलीमा

काठमाडौं। तनहुँको दमौली चोकमा आगलागी भएको छ ।

दमौली बजारको एक हार्डवेयर गोदाममा बिहान १० बजेदेखि आगलागी भएको हो । आगो अनियन्त्रित भएपछि बजारवासी त्रसित छन् ।

तनहुँका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले आगो निभाउने प्रयास जारी रहेको बताए । उनका अनुसार अहिलेसम्म मानवीय क्षति भएको जानकारी छैन ।

स्थानीय स्तरबाट आगो निभाउन नसकेपछि गृह मन्त्रालयले सिम्रिक एयरसँग सहयोग मागेको छ । सिम्रिक एयरको हेलिकप्टर पानी लिएर काठमाडौंबाट दमौली प्रस्थान गरेको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
नेपाली कथानक चलचित्र ” आशाकाे दियाे ” छायांकन आरम्भ
पछिल्लो समाचार →
कहिले बनाउँछ उम्मेदवार छान्ने संसदीय कांग्रेस समितिले ?

Leave a Comment

Your email address will not be published. Required fields are marked *