Latest News
Kathmandu

मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा एक जना घाइते र एक को मृत्यु

मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा एक जना घाइते र एक को मृत्यु

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० रहरपुरमा मङ्गलवार राति मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु भएको छ ।

सो दुर्घटनामा एकजना घाइते भएका छन् । एयरपोर्टदेखि सानो सुर्खेत रहरपुरतर्फ जाँदै गरेको भे२प २९ ३४ नम्बरको मोटरसाइकल गएराती साढे १२ बजे पल्टिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक वीरेन्द्रनगर नगरपालिका–७ का १९ वर्षीय चन्द्रबहादुर सिंजाली र पछाडि बस्ने वीरेन्द्रनगर नगरपालिका–१२ का २१ वर्षीय बलबहादुर कामी घाइते भएका थिए ।

उनीहरुलाई उपचारका लागि कर्णाली प्रादेशिक अस्पताल कालागाँउ सुर्खेत पुर्याइएको थियो । चालकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
त्रिभुवन विश्वविद्यालयपरिसर भित्र एक युवकको शव फेला परेको छ।
पछिल्लो समाचार →
टिकाउनै मुस्किल फेन्सिङमा खेलाडी

Leave a Comment

Your email address will not be published. Required fields are marked *