Latest News
Kathmandu

चैत ६ देखि धनगढीमा यू-१९ महिला राष्ट्रिय क्रिकेट हुने

चैत ६ देखि धनगढीमा यू-१९ महिला राष्ट्रिय क्रिकेट हुने

काठमाडौं । नेपाल क्रिकेट संघ -क्यान)को आयोजनामा आगामी चैत ६ गतेदेखि धनगढीमा यू-१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।

प्रतियोगिता चैत ६ देखि ११ गतेसम्म धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुने क्यानले सोमबार जनाएको छ । उदघाटन खेल सुदूरपश्चिम र कर्णालीबीच चैत ६ गते हुनेछ ।

प्रतियोगितामा ७ वटै प्रदेशको टिमले सहभागिता जनाउनेछन् ।

सहभागि टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र बागमती प्रदेश छन् । यस्तै समूह ‘बी’ मा प्रदेश १, मधेश र गण्डकी प्रदेश छन् ।

दुवै समूहको शीर्ष स्थानमा रहने टोलीबीच फाइनल हुने छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
रुसले चीनद्वारा सैन्य एवं आर्थिक सहयोग मागेको दाबी खण्डन
पछिल्लो समाचार →
रोकियो सेयर कारोबार प्रविधिमा समस्या देखिएपछि

Leave a Comment

Your email address will not be published. Required fields are marked *